माओलाई सम्झीयो एमाओवादी सिन्धुलीले
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdxRA_nPL37Shr1fDXEOBYjFKHq-j3pl7Il9_LyISalfjtnEMx-xR1vzw6cJ_58Eaoso20O_JWK2m5YkmEMlE7u-lrhyfpKi1xctY3Yvs8lwZP30dJ95sqSHLJ2jmDkwEE-2iVT_BB28A/s320/marx+to+mao+pic1-001.jpg)
सिन्धुली, ११ पौष । एकीकृत नेकपा(माओवादी) सिन्धुलीले एक समारोह वीच आज १२२ औं माओ दिवस मनाएको छ ।
विश्व कम्युनिष्ट आन्दोलनका महान तथा सफल नेता माओत्सेतुङ्गको सम्मान नेपालका कम्युनिष्टहरुले भाषणबाट भन्दा पनि व्यवाहारबाट गर्न जरुरी रहेकोमा एकीकृत माओवादीले जोड दिएको छ ।
सनिबार सिन्धुलीमाढीमा आयोजित माओ दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत नेकपा(माओवादी) सिन्धुलीका अध्यक्ष राजन दाहालले माओत्सेतुङ्ग विश्वभरिका सर्वहारा र श्रमजिवि जनताका आस्थाका धरोहर र पथप्रदर्शक भएकाले उनले देखाएको बाटो र उनको सपनाको सम्मान नेपालका कम्युनिष्टहरुले भाषणबाट भन्दा पनि व्यवाहारबाट गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा एकीकृत माओवादी सिन्धुलीका नेता तथा कार्यकर्ताहरुले माओको योगदानको उच्च सम्मान गर्दै माओको फोटोमा माल्यारपर्ण गरेका थिए ।
चिनियाँ नयाँ जनवादी क्रान्तिका सफल प्रयोगकर्ता तथा प्रणेता माओ–त्सेतुङको जन्म २६ डिसेम्बर सन १८९३ मा हुनान प्रान्तको साओसानमा भएको थियो । उनको स्मरणमा हरेक वर्ष २६ डिसेम्बरमा माओ दिवस मनाउने गरिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWzu6JLENfXmMxPQwFQOA2E1_HKZO_u1KxbWrrnhJUFNbu89HkMNBJypbWK5m88L7mIdrb0crbux7tjEKs_r9-nBbtInWXawyFebthv716grCK2MoYq-bc2FjJjrfeGjOaRGcZc8BSeNQ/s640/mao+3.jpg)
सन १०२१ जुलाईमा चिनीया कम्यूनिष्ट पार्टीको संस्थापक सदस्यको रुपमा रहेका माओ सन १९३१ नोभेम्बरमा बनेको चिनीया शोभियत गणतन्त्रको केन्द्रिय अस्थायी सरकारको अध्यक्षमा निर्वाचित भएका थिए । सन १९४९ अक्टोबर १ मा कोमिन्ताङलाई हराएर तानाशाह च्याङ काई सेकलाई चीनबाट पतन गराउँदै तियानमेन चोकमा माओले जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए ।
माओले पार्टीलाई निरन्तर सर्वाहाराकरण गरीरहनका लागी १९६६ देखी नयाँ खालको वर्ग संर्घषको थालनी गरे । जनु महान सर्वाहारा सास्कृतिक क्रान्तिले परीचित छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigeYYiBbxPjQkCoRawTZaXqeUMcKavGoUBv8e9Lj7NY4ahTMhcjrbnSbiJ-6iXt6jeGUN6gSk96ZI7u2nd4uXrSNoPc790hwn1VDKxjaqLSgbRfXOinRu-2_A7S6kDTWIQY10XYlKzPfc/s640/mao+2.jpg)
चिनीया कम्युनिष्ट आन्दोलनका महान नेता माओले चिनीया जनवादी क्रान्तिको सफल नेतृत्व गरेर विश्व भरिका श्रमजीवीहरुलाई उत्साहित बनाउने काम गरेका थिए । सन १९७६ सेप्टेम्बर ९ मा माओको निधन भएको थियो ।
0 comments
Write Down Your Responses