सुनुवारले मनाए उधौली पर्व (फोटोफिचर सहित)
सिन्धुली, १० पौष । सुनुवार जातीले आफ्नो महान पर्व उधौली पर्व भव्यताका साथ मनाएका छन । किरातहरुको ५०७६ नयाँ वर्षको अवसरमा बनभोज कार्यक्रमको आयोजना गरी भव्यताका साथ आफ्नो पर्व मनाएका छन ।
सास्कृतिक पर्व, हाम्रो गर्व भन्ने मुल नाराका साथ सम्पनन् सुनुवार सेवा समाज सिन्धुलीको आयोजनामा भएको बनभोज कार्यक्रममा सुनुवार सेवा समाजको केन्द्रिय सदस्य बुद्धि बहादुर सुनुवार लगायतको उपस्थिती रहेको थियो ।
सुनुवारी भेषभुषा, परम्परा र सस्कृतिको रक्षाको लागी अयोजना गरीएको बनभोज कार्यक्रममा जिल्लाका विभिनन् क्षेत्रका सुनुवार समुदायको सहभागीता रहेको थियो ।
प्रत्येक वर्षको मंसीरे पूर्णीमालाई सुनुवार समुदायले उधौली पर्वको रुपमा मान्दै आएको छ । लेखमा जाडो याम सुरुवात भएकाले वेसीमा जाडो छल्नका लागी झर्ने परम्परा रहेको सुनवार समुदायले जनाएको छ । जस्लाई उधौली पर्वको रुपमा मनाउने चलन रहेको छ ।
0 comments
Write Down Your Responses