Powered by Blogger.
कपिलाकोट कृषी सहकारीकाे साधारण सभा सम्पन्न



सिन्धुली(कपिलाकोट),२७ पौष । कपिलाकोट साना किसान कृषी सहकारी संस्था लिमिटेड कापिलाकोट सिन्धुलीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छत्र वहादुर लाखेको अध्यक्षता तथा कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष राम वहादुर विश्वकर्माको प्रमुख आतित्यथामा संचालन भएको कार्यक्रममा कपिलाकोट गाविस लगाएत छिमेकी गाविसका किसानहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष छत्र वहादुर लाखेले कृषकहरुमा प्रभावकारी शिक्षा र तालिम नभएको कारण सामुहिक उत्पादनमा प्रतिकुल असर परेको वताए । सहकारी स्थापना भएको दोस्रो वर्षमै सम्पुर्ण किसानहरुको लगनसिलताका कारण ३२ लाख ३९ हजार ६ सय ७८ रुपैया वरावरको आय व्यय प्रस्तुत गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा कृषी सहकारी संघ सिन्धुलीका अध्यक्ष राम वहादुर विश्वकर्माले कृषकहरुका लागी कृषी सहकारी साहराको लौरो वनेको वताए । त्यसैगरी सहकारीका आर्थिक कारोवारमा पारदर्शिता र जवाफदेहिता हुन जरुरी रहेको विश्वकर्माले वताए । साथै सहकारीमा कुनै पनी किसिमको राजनैतिक नगर्न समेत आग्रह गरे ।


,

0 comments

Write Down Your Responses