Powered by Blogger.
सरकारकै कारण भुकम्प पिडितले ज्यान गुमाउँदै छन् ः पुर्वअर्थमन्त्री महत

राजन गाउँले
सिन्धुली १, माघ । पुर्व अर्थ मन्त्री तथा नेपाली काग्रेसका नेता रामशरण महतले सरकारको लापरबाहीका कारण भुकम्प प्रभावितहरुले ज्यान गुमाउन परेको बताएका छन् ।
शुक्रबार सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री महतले सरकारले पुनःनिर्माणका काम त परैजावस न्यानो कपडाको लागि वितरण गर्ने भनेको रकम समेत समयमा वितरण गर्न नसक्दा पिडितहरुले ज्यान गुमाउनु परेको बताएका हुन् ।
‘भुकम्प लगतै कांग्रेस नेतृत्वको सरकारले हजारौं घाइतेको उद्धार तथा उपचार, राहात, पुनस्थापनामा समेत कुनै कमजोरी नगरेको भएपनि अहिले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले समयमा न्यानो कपडाको रकम समेत वितरण गर्न नसक्दा भुकम्प पिडितहरुले दिनदिनै ज्यान गुमाइरहेका छन्,’ उनले भने । 
 ‘तत्कालीन सरकारले एक जना घाइतेलाई पनि मर्न दिएको थिएन् । तर, आज न्यानो नपाएकैै कारण पिडितहरु मर्दै छन् यो सरकारको गम्भीर लापरबाही हो,’ उनले थपे । 
आफु अर्थमन्त्री हुँदा भुकम्प गएको दुई महिनाभित्रमै अन्तराष्ट्रिय सम्मेलन गरेर चारखर्बबढी रकम पुनःनिर्माणका लागि जम्मा गर्ने वाताबरण बनाएको भएपनि वर्तमान सरकारले विनीयोजन गरेको चार अर्बको पनि काम गर्न नसकेको उनले जनाए । उनले पुनःनिर्माणको कामलाई तत्काल अघि बढाउनु पर्नेमा जोड दिए ।
अघिल्लो सरकारलेनै पुनःनिर्माणका लागि  ९० अर्वको बजेट विनियोजन गरी कार्यविधि समेत तयार पारिसकेको भएपनि सरकारले त्यसलाई कार्यान्वय गर्न नसकेको भन्दै आश्चार्य व्यक्त गरे । उनले भुकम्पका कारण क्षेती बेहोरेकाहरुलाई राहत तथा भौतिक संरचनाको पुनः निर्माणमा ढिलाई भएको बताएका छन् ।
उनले सरकारको विरोध गर्न सिन्धुली नआएकोे जनाउँदै सरकारको कामकाज प्रति भने टिप्पणी गर्नैपर्ने बाध्ययता रहेको उल्लेख गर्दै बर्तमान सरकार सत्ता टिकाउने दाउमा लागेको समेत आरोप लगाए । 
उनले भने, ‘वर्तमान सरकार सत्ता टिकाउन जे पनि गर्नु पर्छ भन्ने गलत मानसिकतामा छ । मन्त्रालय फुटाउने, छ छ वटा उपप्रधानमन्त्री बनाउने यो सरकारको सत्ता टिकाउने काम हो यसले कसैको भलाई हुँदैन्, यसले राष्ट्रको अस्थीर राजनीति र आर्थीक विकासमा सहयोग पुग्दैन् ।’
मन्त्री महतले भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण भुकम्पले तहस नहस बनाएको क्षेत्रको पुनःनिर्माणमा बाधा बनाएको उल्ले गरे । उनले भने, ‘हिमाल र तराईका सबै नागरीक नेपालीनै हुन् । कसैले आफ्नो अधिकारको खोजी गर्दा अर्काको अधिकारमाथी पनि हनन् हुन दिनु हुन्न । यसका लागि तराई मधेशका नेताहरुले पनि बुझ्नु पर्छ ।’ उनले नेपाली कांग्रेसले संविधान सभामा पेश गरेको दुईवटा संशोधन प्रस्तावकै आधारमा मधेशीदलहरु सहमतमा आउने विश्वास व्यक्त गरे । 
समानुपातकि समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा संघियता निर्धारण गर्नेकुरामा मुलत सहमति हुने उनको विश्वास छ । 
कांग्रेस महाधिबेशनका सम्बन्धमा संचारकर्मीले गरेको प्रश्नमा महतले आगामी पार्टी नेतृत्वका लागि आफुपनि एक योग्य उमेदवार हुने दावी गरे । आफु सुशिल र रामचन्द्र कसलाई सहयोग गर्ने भन्दापनि आफै उमेदवारी दिने नसायमा रहेको महतले जनाए । ‘म पनि पार्टी सभापतिको उमेद्धवार हुन सक्छु । नेपाली कांग्रेस भित्रको गुढगत राजनीतिभन्दा माथी उठेर नेतृत्व गर्ने क्षमता भएको व्यक्तिनै पार्टीको सभापनि बन्ने भएकाले त्यो क्षमता मसंग पनि छ त्यसका लागि तपाईहरुले पनि सहयोग गर्नु पर्छ,’ महतले भने । कांग्रेस भित्र सदस्यता विवाद टुङ्गीएको उनले प्रष्ट पारे ।
मन्त्री महतले आफुले पाएको विश्वकै सफल अर्थमन्त्रीको सम्मान आफ्नो व्यक्तिगत नभएर नेपाली जनता र नेपाल सरकारको भएको बताए । 


,

0 comments

Write Down Your Responses