Powered by Blogger.
अत्याधिक चिसो बढेपछि भग्नाबशेष घरमै बास !

पिडित भन्छन्, ज्यान जोगाउँननै जोखीम मोल्नु परयो

राजन गाउँले
सिन्धुली १, माघ । सरकारले (माघ दुई गते शनिबार)‘बैशाख १२ मा गइहाल्यो भुइचालो ः सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने मुल नाराका साथ १८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७२ मनाइ रहँदा बैशाख १२ का पिडितहरु जोखीम मोलेरै भग्नाबशेष घरमा बस्न बाध्ये भएका छन् ।
सरकारले पुनः निर्माणका लागि अनुदान र ऋण सहयोग गर्ने बताएको नौं महिना वितिसक्दा पनि नक्सा समेत पाउन नसकेका पिडितहरु बस्दै आएको अस्थायी टहरोबाट भग्नाबसेष घरमा सरेका छन् । अस्थायी टहरोको जस्ताबाट र जमिनबाट उत्तीकै चिसो आउने भएका कारण बालबालिका तथा बृद्धबृद्धाहरुका लागि निक्कै कष्ठ भएपछि ज्यान जोगाउँनकै लागी भएपनि जोखीममा बस्नु परेको उनिहरु बताउँछन् ।  
‘सरकारले न्यानो कपडा किन्न दिने भनेको रकम अझैसम्म पाइएन, घरमा भएको सबैै कपडा र सरसामान घरसंगै पुरियो । अहिले शरिरमा लागएको लुगाबाहेक अरु केही छैन् । टहरोमा बस्दा चिसो र स्याँठले ज्यानै लैजाला जस्तो भएपछि ज्यान जोगाउँन बालखा केटाकेटी सहित चर्केर धुजाधुजा भएको गोठमा बस्न थालेका छौं,’ डाँडीगुराँसे गाविस–१ का भुकम्प पिडित चन्द्र बहादुर लामाले गुनासो पोख्दै भने । डाँडीगुराँसेमा गैर पिडितले १५ हजार बुझेको भएपनि बास्तविक पिडितले नपाएको भन्दै छानविन गर्न माग गर्दै पिडितले न्यानो कपडाको रकम वितरण गर्न समेत दिएका छैनन् ।
लामा भन्छन्, ‘गैर भुकम्प पिडित र स्थानीय राजनीतिक दलको लापरबाहीका कारण पिडितले समेत समयमा न्याय पाउन सकेका छैनन् । न्यानो कपडाको रकम अझै पाउन सकिएन् ।’
उनका अनुसार अस्थायी टहरोमा बस्दै आएका अधिकांस पिडितहरु चिसोका कारण भुकम्पले भग्नाबशेष घरमा फर्केका छन् । ‘ऋण गरेरै भएपनि भत्केको घरलाई पुनःनिर्माण गर्न सक्नेहरुले समेत भुकम्प गएको नौं महिना वितिसक्दा समेत घर बनाउन नपाउँदा भत्केको र चर्केर जोखिमपुर्ण घरमा चिसो छल्नका लागि बस्न बाध्य भएका छन्,’ लामाले भने ।
‘दिनभरी त बाहिर भित्र गर्दै बसिन्छ । साँझ परेपछि टिनको छानबाट झर्ने सित र भुईको सिचोका कारण ज्याननै जाला जस्तो हुन्छ, चिसोमा कठ्याङ्गीएर मर्नु भन्दा ज्यान जोगिन्छकी भनेर एक महिनादेखी चर्केर जिर्ण घरमै बस्न थालेका छौं,’ जलकन्या–९का भुकम्म्प पिडित श्यामबहादुर गजमेरले भने । घर बनाउँन पनि सरकरले १७ थरीको नक्सा ल्याएको छ भन्छन् । ‘तर, अहिलेसम्म गाउँमा आइपुगेको छैन् । आफ्नै खुसीले घर बनाउँदा सरकारले दिने भनेको रकम पनि दिन्छकी दिँदैन गरीब मान्छे चार जना बालखा छोरा छोरी छन् । उनिहरुलाई चिसोले ज्वारो आउने, खोकी लाग्ने, निमुनीया हुने जस्ता समस्या देखीएपछि रातको समयमा भने भत्केकै घरमा बास बस्ने गरेका छौं,’ उनले भने ।
लामा र गजमेर जस्ता जिल्लाका अधिकाश भुकम्प पिडितहरु अस्थायी टहरोबाट भग्नाबशेष घरमा जोखीम मोलेरै भएपनि बास बस्न सरेका छन् ।
चिसोका कारण जिल्लाको महाभारत क्षेत्रको जलकन्या, मझुवा, रतनचुरा, तिनकन्या, सितलपाटी, दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, कपिलाकोट, हरिहरपुरगढी, अमले, बस्तिपुर, क्यानेश्वर लगायतका २५ वटा गाविसका भुकम्प पिडितहरु जोखीम मोलेरै चिसोबाट बच्नका लागि भग्नाबशेष घरमा बस्न बाध्य भएका हुन् । यी गाविसहरु जिल्लाका अति प्रभावित जिल्लाहरु हुन् । यी गाविसमा झण्डै सतप्रतिसत् घरहरु भुकम्पका कारण क्षेत्रीग्रस्त भएका छन् ।
जिल्लामा भुकम्पका कारण ४७ हजार ६ सय घरमा क्षेती पुगेको सरकारी तथ्याङ्क छ । त्यसमध्ये करीब २२ हजार घरहरु पुर्णरुपमा क्षेती भएका छन् । बाँकी २७ हजारघरहरु बस्न नमिल्ने गरी चर्किएर क्षेती भएका छन् । तिनै क्षेतीग्रस्त घरहरुमा सर्वसाधरण चिसोबाट बच्नका लागि पुनः फर्केको पाइन्छ ।
सरकारले अझैसम्म भुकम्प प्रभावितहरु विच भुकम्प प्रतिरोधात्मक घरहरुको नक्सा र लागत स्टमेट नपु¥याउँदा पुनःनिर्माणका लागि क्षेमताभएकाहरुले समेत समयमा पुनःनिर्माण गर्न नपाएको गुनासो गरेका हुन् ।  यस विषयमा सरकारी अधिकारीहरुले भने, बल्ल प्राधिरकणले काम सुरु गरेको र अब केही दिनमै सबै भुकम्प प्रभावित क्षेत्रमा नक्सा पुरयाएर पुनःनिर्माणको काम थालिने जनाएका छन् ।


, ,

0 comments

Write Down Your Responses