Powered by Blogger.
ऐतिहासीक सिन्धुली धार्मीक महोत्सव हुँदै

सिन्धुली, २ माघ । सवै मानवले बैद्धिक सनातन धर्मको ज्ञान प्राप्त गर्ने कार्यमा सहभागी हौं भन्ने मुल नाराका साथ नेपाल मानव सेवा धर्म समिति सिन्धुलीले ऐतिहासीक सिन्धुली धार्मीक महोत्सव–२०७२ गर्ने जानकारी गराएको छ । 
सनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइएको हो । महोत्सव फाल्गुण २१ देखी २९ सम्म चल्ने जनाइएको छ । राष्ट्र शान्ति, पितृ मुक्ति, ग्रहजाप आदि विभिन्न् पुन्य कार्य एवम् ५१ सय शान्ति कलस पुजन, सहस्र शालिग्राम पुजन, श्रीमद्भागवत ज्ञान महयज्ञ धनधान्याञ्चल महापुर्व ज्ञान विज्ञान सहितको योग शिविर सहित मानव कल्याणका निम्ती आध्यत्मिक ज्ञानको प्राप्ती हुने हुँदा यो महोत्सवमा सवैलाई सक्रियतापुर्वक सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ । 
ऐतिहासीक सिन्धुलीनगरीमा अति महत्वपूर्ण मानव कल्याणका लागी मानव धर्मको आध्यात्मिक सत्संग हल, आश्रम निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको जनाइएको छ । 
महोत्सवमा देश विदेशका भागवत भक्तगणको उल्लेख्य रुपमा उपस्थिती हुनुका साथै प्रशिद्ध तिर्थस्थलहरु हरिद्धार, ऋषिकेस, बद्रिकेदार, कासी, गया, मुक्तिनाथ क्षेत्र, पशुपति आदी स्थलहरुबाट शन्तमहात्माहरुको उपस्थिती साथै धार्मिक मण्डलहरु बन्ने र विभिन्न् तिर्थको जल प्राप्त हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
ऐतिहासीक धार्मीक महोत्सवमा ५० हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती हुने र यस्को लाभ लाखौलाख भक्तजनहरुले प्राप्त गर्ने आयोजक नेपाल मानव धर्म सेवा समिति सिन्धुलीका अध्यक्ष बुद्धिलाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा मानव धर्म सेवा समितिका प्रचारक क्षमा वाइजीको सभापतित्वमा भएको थियो भने जिल्लाका समाजसेवा तथा मानव धर्मालम्बीहरुको उपस्थिती रहेको थियो । 


,

0 comments

Write Down Your Responses