Powered by Blogger.
मरीणखोलामा चल्न थाल्यो इन्टरनेट

मरीणखोला(सिन्धुली), ९ माघ । जिल्लाको पश्चिम मरीणखोला क्षेत्रमा इन्टरनेट सेवा सुरु भएको छ । केहि साता देखी इन्टरनेट सेवा सुरु भएपछि स्थानीय इन्टरनेट प्रयोगकर्ताहरु निक्कै खुसी भएका छन । 
मरीणखोला क्षेत्रमा युनाइट नेटवर्क प्रा.ली.ले तार रहित इन्टरनेट सेवा सञ्चालन गर्न सुरु गरे पछि मरीणखोलामा इन्टरनेट सेवा सुचारु भएको हो । ७६८ केवी देखी ५ एमवीपीएस सम्मको इन्टरनेट सेवा ग्राहकहरुले जडान गर्न सक्ने सुविधा रहेको स्थानीय बासु मैनालीले जानकारी दिए । 
ग्राहकले माशिक १ हजार २ सय ४० रुपैयामा यो सेवा लिन सक्ने छन । स्थानीय वासु मैनाली र मधु लाखेको सक्रियतामा मरिणखोलामा इन्टरनेट सेवा सुरु भएको हो । उनीहरुले १ लाख ५० हजार लगानीमा सेवा सुरुवात गरेका हुन । 
अहिले मरीणखोला क्षेत्रका विद्यालय, अस्पताल, गाविस कार्यालय तथा संघ संस्थाका कार्यालयहरुमा इन्टरनेटको प्रयोग बढ्दै गएको छ । विद्यालयमा इन्टरनेट जडान गरेपछि विद्यार्थीहरुलाई इन्टरनेट मार्फत देश विदेशका कुराहरु अध्यन गराउन सहज भएको कपिलाकोट उच्च मावि महादेवस्थानका प्रधानाध्यापक मेघनाथ सिंह खत्रीले बताए । कपिलाकोट क्षेत्रका स्थानीयहरुले इन्टरनेटको प्रयोग गर्ने क्रम बढ्दै गएको स्थानीय सेवा प्रदायक बासु मैनाली बताउछन । 



,

0 comments

Write Down Your Responses