सिन्धुलीमा काठ तस्करी हुनेक्रम बढ्दै, काठ सहित दुई पक्राउ
राजन गाउँले
सिन्धुली ११, माघ । सिन्धुलीको क्यानेश्वर गाविसबाट दुई जना काठ तस्करीलाई जिल्ला वन कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा राइगाउँ ८ मकावनपुरका ३५ वर्षीय तुलबहादुर मुक्तान र अत्रोली ३ सर्लाहीका २२ वर्षका सत्यमान सिन्तान रहेका छन् ।

विशेष सुराकका आधारमा क्यानेश्वर गाविसमा गस्तिमा पुगेको जिल्ला वन कार्यालयको टोलीले शनिवार राती उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुलाई रातको समयमा क्यानेश्वर गाविस ७ स्थित गठ्ठी राष्ट्रिय वनबाट काठ तस्करको लागि लाँदै गरेको चिरानकाठ सहित पक्राउ गरिएको निमिक्त जिल्ला वन अधिकृत राजेन्द्र जैसवालले जानकारी दिए ।
‘पक्राउ परेका दुबै जनामाथी जिल्ला अदालतबाट म्याद थप गराई जिल्ला वन कार्यालयकै हिरासतमा राखेर थप अनुशन्धान थालिएको छ,’ जैसवालले बताए ।
उनिहरुले साल जातको १६ क्युफिट काठ तस्कर गर्न लाग्दा विशेष सुराकका आधारमा पक्राउ गरिएको बताइएको छ ।
पक्राउ पर्ने दुबैजनामाथी वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार कारबाही गरिने समेत उनले जानकारी दिए ।
जिल्लामा पछिल्लो समय काठको तस्करी गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ । जिल्लाको पश्चिमी क्षेत्र स्थित कल्पवृक्षबाट ठुलो परिणामको काठ सहित एमाले जिल्ला सदस्य सहित दुई जना पक्राउ परेको दुई साता नवित्दै क्यानेश्वरमा पुनः काठ तस्करी पक्राउ पर्नुले पनि जिल्लामा काठको तसकरीमा वृद्धि भएको पुष्टि भएको हो ।
जिल्लामा काठ तस्करी हुने यी केही उदाहरण भएपनि जिल्लाको मरिण, तथा कमलाखोँच क्षेत्रबाट ब्यापकरुपमा काठको तस्करी भई सर्लाही, धनुषा, महोत्तरी र मकावनपुर तथा काभ्रे जिल्लामा तस्करी हुने गरेको छ ।
भौगोलिक विकट्ता, तराई बन्द तथा राजनीतिक संरक्षणका आधारमा जिल्लामा काठको तस्करी भइरहेपनि जिल्ला वनका कर्मचारीहरुले त्यसलाइ नियन्त्रण गर्न सकिरहेको अवस्था छैन ।
जिल्लाको भौगोलिक विकट्ताका कारण पनि सबै क्षेत्रमा वन रक्षकहरुले नियमित गस्ति गर्न नसक्दा काठ तस्करीहरुले मौका पाएको निमिक्त वन अघिकृत जैसवालको तर्क छ ।
वन कार्यालयको दरबन्दी अनुसारका वन रक्षकहरु नहुँदा पनि जिल्लाका सबै क्षेत्रमा नियमित गस्ति नहुँदा काठ तस्करी हुने गरेको हो ।
0 comments
Write Down Your Responses