बसको ठक्करले मोटरसाइकल चालकको मृत्यू
सिन्धुली ११, माघ । वीपी राजमार्ग स्थित सिन्धुलीको पुरानो झाँगाझोली गाविस–३ मा यात्रुबाहक बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यू भएको छ ।

खुर्कोटबाट यात्रु लिएर काठमाण्डौ तर्फ गईरहेको हिमाल तराई यातायातको बा ३ ख ८४२२ नम्बरको बसले वा ३७ प ५१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक काभ्रे सिमलचौर तिनपाते–४ निवासी पदमबहादुर तामाङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट घाईते भएका तामाङ्गलाई उपचारका लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिनधुलीका प्रमुख अनुरागकुमार द्धिवेदीले जानकारी दिए । ठक्कर दिने वस र चालक इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रमा लिएर आवश्यक अनुसन्धान कार्य थालेको द्धिवेदीको भनाई छ ।
0 comments
Write Down Your Responses