Powered by Blogger.
सिन्धुली कांग्रेसद्धारा स्वर्गिय कोइराला प्रती समवेदना प्रकट

कार्यकर्ताहरु विजय रयाली छाडेर शोक तिर 

राजन परियार 
सिन्धुली २७, माघ । नेपाली कांग्रेसका सभापती तथा पुर्व प्रधानमन्त्री शुसिल कोइरालाको सोमबार भएको असमायिक निधनले नेपाली कांग्रेस सिन्धुली शोकमग्न भएको छ । वुधवार पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी कांग्रेस सिन्धुलीका नेता तथा कार्यक्रता, सम्पुर्ण भातृ संगठन तथा शुभेच्छुक सस्थाहरुको उपस्थितीका स्वर्गिय नेता कोइराला प्रती समवेदना प्रकट गरेको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्णय अनुसार १३ दिनसम्म आधा झण्डा झुकाएर शोक पुस्तिका राख्ने र १३ दिनसम्मै कुनैपनी औपचारिक कार्यक्रम नगर्ने कांग्रेस सिन्धुलीका नवनिर्वाचित पार्टी सचिव दिपक कुमार घिमिरेले जानकारी दिए ।
गाउ, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरेका नेपाली कांगे्रस सिन्धुलीका कार्यकर्ताहरु विजय ¥याली  मनाउन तम्तयार रहेका बेला एका एक शोकाकुल हुनु परेको छ । आफ्ना अविभावक तथा सर्वोच्च नेता कोइरालाको निधन भएपछी उनिहरु हर्षबाट विस्मतमा पुगेका थिए । जिल्लामा भईरहेका चुनावी बैठक तथा सभाहरु शोकमा परिणत भएका छन् ।
नेपाली कांग्रेस सिन्धुलीको जिल्ला अधिवेशनमा मतगणना जारी भैरहेका वेला सभापती कोइरालाको निधनको खवरले सवैलाइ शोकाकुल बनाएको थियो । विजयउत्सव मनाउने तयारी गरिरहेका कार्याकर्ताहरु  विजयउत्सव स्थगित गरेर उनिहरु पार्टी कार्यालयमा जम्मा भएर सभापती कोइराला प्रती श्रद्धाञ्जली दिएका छन ।
कोइरालाको निधनले पाटीलाई के–कस्तो असर पर्ला ? अधिवेशनका कामहरु अव के होलान् ? केन्द्रिय महाधिवेशन निर्धारित समयमै होला की नहोला ? जस्ता जिज्ञासाका साथ कार्यक्रर्ताहरु मौन भएका छन् ।



, ,

0 comments

Write Down Your Responses