Powered by Blogger.
क्रान्तिकारी पत्रकारमा आछामी चयन



सिन्धुली, २८ माघ । क्रान्तिकारी पत्रकार संघ नेपाल सिन्धुलीको विहिबार सम्पनन् भेलाले बुद्धकुमार आछामीलाई जिल्ला संयोजकमा चयन गरेको छ । 
क्रान्तिकारी पत्रकार संघ नेपालका ३ नं.प्रदेश संयोजक सुनिल खड्काको विशेष उपस्थितीमा भएको भेलाले आछामीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्य समितिको निर्माण गरेको हो । 
भेलाले जिल्ला सदस्यहरुमा उमेश परीयार, ओमकुमार कार्की, सरला सुनुवार, सुजता तामाङ्ग, सरस्वती काफ्ले र लक्ष्मी थापालाई चयन गरेको जनाइएको छ । 
क्रान्तिकारी पत्रकार संघका पुर्व जिल्ला अध्यक्ष मिनकुमार दाहालको अध्यक्षतामा भएको भेलाले आगामी फाल्गुण ७ र ८ गते काठमाडौमा हुने संगठनको राष्ट्रिय अधिवेशनका लागी मिनकुमार दाहाल, राजन गाउँले, अन्जु तामाङ्ग, प्रमोद दाहाल, नविन श्रेष्ठ, गणेश रत्न, सरला सुनुवार, ओमकुमार कार्की र फडिन्द्र फुयाललाई प्रतिनीधी रुपमा छनौट समेत गरेको क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले जनाएको छ । 


0 comments

Write Down Your Responses