Powered by Blogger.
सडक विस्तारले निरन्तर बढ्दाे जग्गाकाे मुल्य

सिन्धुली, १२ फाल्गुण । सिन्धुलीको ग्रामीण क्षेत्रमा जग्गाको मूल्य बढ्न थालेको छ । जिल्ला भरि सडक सञ्जालको विस्तारले जग्गा महंगो हुन थालेको हो । 
सडक विस्तार हुनु अगाडि कम महत्वको रुपमा हेरीने ग्रामीण क्षेत्रका गाविसहरुमा जग्गाको मूल्य ह्वात्तै बढेको स्थानीयले बताएका छन । 
ट्रयाक सडक निर्माण हुँदा मात्र पनि बढ्न थालेको जग्गाको मूल्य अझ अकाशिने संभावना देखिएको छ ।   वीपी राजमार्ग र मध्यपहाडी राजमार्गले छोएका गाविसहरुमा मात्र नभइ नजिकका अन्य गाविसमा पनि जग्गाको महत्वमा बढोत्तरी भएको स्थानीयहरुको भनाई छ । सडक प्रभावले जिल्लाका ग्रामीण गाविसहरुमा समेत जग्गाको मूल्य बढेको छ । 
सडक विस्तार हुनु अगाडि प्रति रोपनी तीन लाख भन्दा कम मुल्यमा बिक्रि हुने गरेको जग्गा अहिले २० लाख भन्दा माथिको मुल्यमा बिक्रि भइरहेको छ । 
विपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएका गाविसहरुमा त झन जग्गाको मुल्य आकाशिएको छ । सडक नबन्दासम्म प्रति कठ्ठा दुई तीन लाखमा बिक्रि हुने खुर्कोटको जग्गा हिजोआज २०÷२२ लाखमा किनबेच भइरहेको स्थानीयले बताएका छन । विपी राजमार्गको निर्माणसँगै गढतिर क्षेत्रको भिमेश्वर, झागाँझोली रातमाटा र कुशेश्वर दुम्जा गाविसको जग्गाको मुल्य निक्कै आकाशिएको छ भने मध्यपहाडी राजमार्गको निर्माणले गर्दा बाशेश्वर, भुवनेश्वरी, डुडभञ्ज्याङ्ग, खाङसाङ्ग लगायत स्थानमा जग्गाको मुल्य निक्कै आकाशिएको स्थानीयहरुले बताएका छन । 
सदरमुकाम भित्र अहिले जग्गाको कारोबारमा गिराबट आएको कारण मुल्य स्थिर रहेको छ भने सदरमुकाम बाहिरका स्थानमा सडक सञ्जालको विस्तार सँगै मुल्य बृद्धि भएको छ । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायत अत्यावश्यक कुराहरुको गाउँमै विस्तार भएपछि गाउँको जग्गाको मुल्य बृद्धि भएको भिमेश्वर खुर्कोटका स्थानीय रामबावु थापाले बताए । 


, , ,

0 comments

Write Down Your Responses