Powered by Blogger.
आमसंचारका विद्यार्थीहरुद्धारा मिडिया अवलोकन

सिन्धुली, १२ फाल्गुण । सरस्वती उमावि डकाहाका कक्षा १२ मा अध्यनरत आमसंचार र पत्रकारिता समूहका छात्रछात्राहरुले आज सिन्धुली सौगात राष्ट्रिय दैनिकको कार्यालय अवलोकन गरेका छन् । विद्यार्थीहरुको प्रयोगात्मक परीक्षाको सिलसिलामा सिन्धुली सौगात राष्ट्रिय दैनिकका निर्देशक तथा अध्यक्ष श्री बिनोद रायमाझी लगायत बुद्धकुमार अच्छामीलाई भेटी आमसंचार र पत्रकारिताको अवश्यकता, महत्व र आजको युगमा यस्को उत्तरदायीत्व विषयसम्बन्धी छलफल गरेका छन् । 
उच्च माध्यमिक शिक्षा परिषद्ले लिने वार्षिक परीक्षा अन्तर्गत ८० (असी) अंकको सैद्धान्तिक परीक्षा परिषद्को वार्षिक तालिका अनुसार बैशाख २० गतेदेखि हुने भएता पनि २० अंकको प्रयोगात्मक परीक्षा भने फाल्गनु मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने भएकाले २० जना छात्रछात्राहरु सहित २ (दुई) दिनको कार्यक्रमका साथ उक्त विद्यालयका विषय शिक्षक श्री सुरजकुमार कार्कीेको नेतृत्वमा सिन्धुलीमाढी आईपुगेको हो । शिक्षक कार्कीले पनि आमसंचार र पत्रकारिताको क्षेत्र दिनानुदिन बढ्दै गएको, समाजमा यस्को महत्व निकै भएको, यस पेशालाई अंगाल्नेहरु पछुताउनु नपर्ने र यस्को भविष्य उच्च हुने कुरा समेत स्पष्ट पारे । साथसाथै नेपाल पत्रकार महासंघका अध्यक्ष श्री द्धारिका काफ्लेसँग पनि भेटघाट गरी आमसंचारमा भविष्य उज्जवल हुने नहुने विषयमा छलफल गरेका छन् । 
आफ्नो प्रयोगात्मक परीक्षाको सिलसिलामा आएका छात्रछात्राहरुले सिन्धुली सौगातको कार्यालय मधुटार, सिन्धलीमा करिब २ घन्टा विताई अध्यक्ष रायमाझीसंग यस राष्ट्रिय दैनिकको स्थापना कालदेखि हालसम्मको अवस्था कस्तो रहेको? यस्का चुनौतिहरु के–के छन् ? ती चुनौतिहरुको सामना गर्न कत्तिको सकिएको छ? यसका समाचारका मुख्य स्रोत तथा समाचारका संकलन कसरी गर्नु पर्दछ ? भनि व्यवहारिक खालका प्रश्नहरु सोधी जानकारी हासिल गरेका छन् । त्यसै गरी छात्रछात्राहरुले यस राष्ट्रिय दैनिकको छापाखान दाहाल प्रिन्टिङ्ग प्रेसमा पुगी त्यहाँ पत्रपत्रिका प्रिन्टिङ्ग कसरी हुने तथा बजारसम्म कसरी पुग्ने कुराको समेत अवलोकन गरेका छन् । 
दश महिनासम्म पढिएको कुरा आजको यस शैक्षिक भ्रमण र अवलोकनबाट प्रत्यक्ष अनुभव गर्न पाउँदा सबै विद्यार्थीहरु निकै उत्साहित र खुशी देखिएको र आफूले कक्षा शिक्षणबाटमात्र बुझाउन नसकिएको कुरा आज प्रत्यक्ष रुपमा बुझाउन पाउँदा एवम् आफूले पनि सैद्धान्तिक र प्रयोगात्मक दुबै ज्ञान पाउन सकेको कुरा शिक्षक कार्कीले बताए । 


,

0 comments

Write Down Your Responses