Powered by Blogger.
पुर्व विद्यार्थीहरुद्धारा गौमतीलाई सहयोग

सिन्धुली, १६ फाल्गुण । सिन्धुलीमाढीमा रहेको नमुना उच्च माध्यमिक विद्यालय गौमतीलाई पुर्व विद्यार्थीहरुकाे एक समुहले आईतबार एक समारोह वीच सहयोग हस्तान्तरण गरेकाे छ । 
२०५० सालका एसएलसी व्याजी विद्यार्थीहरुको समुहले विद्यालयलाई पठन पाठनमा सहयोग पुरयाउने उदेश्यले १ थान कम्प्यूटर प्रदान गरेका छन । पुर्व विद्यार्थीहरु विष्णु कुमार श्रेष्ठ, सुदिप केसी, हरी कार्की रोक्का, सुवर्ण घिसिङको उपस्थितीमा विद्यालयलाई उक्त कम्प्यूटर हस्तानतरण गरिएको हो ।
कार्यक्रममा पुर्व विद्यार्थी सुदिप केसीले आफुले अध्यन गरेको विद्यालयलाई सानो भएपनि सहयोग गर्न पाउँदा गौरवको अनुभुति भएको बताए । २०५० सालका एसएलसी ब्याजी ११ जना विद्यार्थी मार्फत ५३ हजार ९४१ रुपैयाँ संकलन गरी उक्त सहयोग प्रदान गरिएको समेत केसीले जानकारी दिए । 
उक्त ब्जायको प्रथम विद्यार्थी विष्णुकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक दिलबहादुर केसीलाई कम्प्यूटर हस्तानतरण गरेका थिए । सामाग्री लिदै प्रधानाध्यापक केसीले पुर्व विद्यार्थीहरुको सानो सहयोगको थालनीले विद्यालय र विद्यार्थीहरुलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरे । 
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक तथा गौमती क्याम्पसका अध्यक्ष कृष्ण ढकालले पुर्व विद्यार्थीहरुको सानो सहयोग अरुका लागी उदाहरणीय हुने बताए । ढकालले पुर्व विद्यार्थीहरुको सहयोगी कदमको खुलेर प्रसंशा समेत गरे । 


,

0 comments

Write Down Your Responses