Powered by Blogger.
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धीमुलक भयो ः उपप्रधानमन्त्री मैनाली

सिन्धुली, १७ फाल्गुण । नेपाल सरकारका उपप्रधान एव्म महिला वालवालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण उपलब्धीमुलक भएको दाबि छन । सोमबार राष्ट्रिय बहिरा महासंघ नेपालको १९ औं वार्षिक साधारणसभामा सम्बोधन गर्न सिन्धुलीमाढी आईपुगेका मैनालीले पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन । 
उपप्रधानमन्त्री मैनालीले भने, ‘नेपालको बर्तमान समस्या समाधान गर्नका लागी र संविधानलाई बलियो बनाउनका लागी प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धीमुलक भएको छ, भारत नेपाल प्रति सकारात्मक नै देखिएको छ ।’ नेपालको वर्तमान समस्या समाधानका लागी सहमतिको राष्ट्रिय सरकार निर्माण गर्न सरकार तयार रहेको समेत मैनालीले बताए । 
त्यस्तै साधारणसभालाई सम्बोधन गर्दै मैनालीले नेपालको परिवर्तनसँगै जनअधिकार बढ्दै गएको र अपाङ्ग नागरीकहरुको लागी पनि सरकारले विशेष खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । दोभाषेको व्यवस्था, बहिरा विद्यालयहरुलाई श्रोत साधन र तालिम प्रदान गर्ने विषय सरकारले प्राथामिकतामा राखेर काम गरिरहेको र सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिने तयारी पनि सरकारले गरिरहेको उपप्रधानमन्त्री मैनालीले बताए । 
सवैखाले फरक क्षमता भएका व्यक्तिहरु एकजुट भएर अगाडि बढ्न समेत मैनालीले आग्रह गरे । स्वाबलम्वी नागरीक उत्पादन गर्न सरकार सधै लाग्ने र फरक क्षमता भएका नागरीकलाई रुची अनुसार सीप तालिम र व्यवसायीक अनुदान प्रदान गरेर सक्षम बनाउने तयारी सरकारले गरिरहेको मैनालीले बताए । 
राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष रामकुशल पन्तको अध्यक्षतामा उदघाटन भएको साधारणसभामा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, नेपाली काग्रेसका जिल्ला नेता दिपक मिश्र, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल, अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष विर बहादुर लामा लगायतले शुभकामना मनतव्य राखेका थिए । 
सांकेतिक भाषामा गुणस्तरिय शिक्षा तथा सामाजिक समावेशीकरणका लागी दोभाषे सुविधा भन्ने मुल नाराका साथ सम्पनन् हुन लागेको साधारणसभामा स्थानीय विकास अधिकारी इश्वर गीरी, प्रहरी नायव उपरीक्षक अनुराग कुमार द्धिवेदी, जिल्ला शिक्षा अधिकारी बद्रि पाठक लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभा उदघाटनकै अवसर पारेर भगवती आवशीय उच्च माध्यमिक विद्यालयको तर्फबाट प्रिन्सीपल कृष्ण उप्रेतीले नवज्योती बहिरा निम्न माध्यमिक विद्यालय, पानीट्याङकीलाई आवाशीय सामाग्रीहरु सहयोग समेत गरेका छन । 

२०५१ सालमा स्थापना भएको राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा नागरीकहरुको लागी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साधारणसभाले विगतका कार्यक्रहरुको समीक्षा सहित आगामी १ वर्षका लागी नयाँ कार्यक्रमहरु तय गर्ने आयोजकले जनाएको छ । साधारणसभामा ३८ जिल्लाका जिल्ला शाखाहरुबाट प्रतिनिधीत्व रहेको र कार्यक्रम भोली सम्म चल्ने जनाइएको छ । 

थप केही तस्वीरहरू 






, ,

0 comments

Write Down Your Responses