Powered by Blogger.
हुलाक कर्मचारी एशोसियसनको बार्षिक भेला सम्पन्न



चिना थापा 
सिन्धुली, ११ चैत्र । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन सिन्धुलीको पाँच औँ बार्षिक भेला आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन सिन्धुलीका अध्यक्ष प्रेम पुलामीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष टंक हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष खिल बहादुर रखालले कार्यक्रमको बजेटको बारेमा जानकारी गराएका थिए भने सचिव मोहन श्रेष्ठले ९ लाख ७३ हजार ३१७ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमागाईले अतिरिक्त हुलाक सेवामा ११ हजार कर्मचारी कार्यरत रहेको जानकारी दिए । धेरै कर्मचारी अतिरिक्त हुलाक सेवामा कार्यरत भएपनि सरकारले यस क्षेत्रका कर्मचारीलाई व्यवास्था गरेको उनको भनाई छ । सरकारले व्यवास्था गरेपनि संगठित रुपमा अगाडि बढेपछि भने केही सफलता पाएको उनको भनाई छ । पहिला अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीको तलब ७०० हुने गरेको बताउँदै उनले अहिले ४ हजार देखि ५६ सय सम्म पुगेको बताए । यस क्षेत्रमा काम गर्ने कर्मचारीले काम गर्न नसक्दा रित्तै हात लिएर फर्कनुपर्ने बाध्यता भएपनि अहिले एक बर्ष बराबर आधा महिनाको उपचार खर्च पाउने व्यवस्था रहेको बताए । संगठनको दबाबको कारणले गर्दा अहिले थोरै भएपनि सफलता मिलेको उनले बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपक मिश्र, नेकपा एमालेका उपाध्यक्ष प्रल्लाद पोखरेल, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष फडिन्द्र ढुङगेल, जिल्ला हुलाक कार्यालयका प्रमुराम सुनुवार, नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन रामेछापका सचिव अम्बर बहादुर विश्वकर्मा, सदस्य तेज बहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष द्धारिका काफ्ले पत्रकार महासंघ रामेछापका उपाध्यक्ष विफा घिसिङ, लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


,

0 comments

Write Down Your Responses