Powered by Blogger.
संरक्षणको अभावमा लोप हुँदै पञ्चेबाजा

सिन्धुली, ११ चैत । पन्चेबाजा बज्ने वित्तिकै सवैलाई आन्नद र खुसी लाग्छ । किनकी नेपाली मौलिक बाजा र सस्कृति हो पन्चेबाजा । तर नेपाली जो कोहीको पनि मन छुन सफल पञ्चेबाजा अहिले नेपाली समाजबाट विस्तारै लोप हुन थालेको छ । बाजा बजाउने परियार समुदायका युवा सामाजिक रूपमा उपेक्षित भएपछि बाजा बजाउने पेशाप्रति युवाको आकर्षण घट्दै गएको छ भने राज्यले स्थानीय स्तरमा रहेको लोकप्रिय पन्चेबाजाँ संरक्षण र समबद्र्धनका लागी कुनै कार्यक्रम नल्याउँदा लोप हुँदै गएको छ । 
पहिले समाजमा हुने विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा पञ्चेबाजा बजाउने चलन थियो, दमाईं दाइले बजाएको सो बाजाले धेरैलाई चकित पार्ने र नचाउने गरेको अनुभव बूढापाकाको रहेको छ । अहिले पनि पन्चेबाजा सुन्ने वित्तिकै जो कोहि रमाउन थाल्छ । 

पुरानो झागाँझोली गाविसका राजु परियारका अनुसार गाउँमा पहिलाजस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्, युवाको आकर्षण यस पेसाप्रति घट्दो छ, यो पेसा अँगाल्ने युवा विदेश पलायन हुनुले पनि यस पेसा परियार समुदायबाट लोप हुन पुगेको हो । परियारको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुन्थ्यो तर अहिले एक दिनमै विवाह सम्पनन् गर्ने चलन आएको छ । पहिलाजस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । अझ समाजमा उक्त बाजा बजाउने जान्ने पुस्ता समेत पाइन छाडेको उनको भनाई छ । 
यस पेसाको लोप हुन थालेसँगै परम्परागत बाजा पनि लोप हुने अवस्थामा पुगेको बूढापाका बताउँछन् । नौमती बाजाअन्तर्गत अहिले नर्सिया भन्ने बाजा देखिन छाडेको मात्र होइन यस बाजा बजाउने मानिससमेत नभेटिने गरेको पोखरी गाविसका बच्चु नेपाली बताउछन । । यस बाजा बजाउन बढी मात्रामा मिहेनत गर्नुपर्ने हुन्छ । नेपालीका अनुसार नौमती बाजा नेपालको लोकबाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन । दमाह, झाली, ट्याम्को, ढलकी, कर्नाल सनाई लगायतका बाजा पञ्चेबाजा अन्तर्गतका बाजा हुन् । यस बाजाको राज्यबाट संरक्षणका लागि चासो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन रहिरहने नेपालीको भनाई छ । सिन्धुलीमा आजकाल विवाह, वर्तबन्ध लगायत शुभकार्यमा पन्जेबाजा कमै मात्रामा देखिने गरेको छ । 


, ,

0 comments

Write Down Your Responses