द्धन्द्धपीडितले बास्तविक न्याय पाउँन बाँकी छः प्रजिअ कार्की
सिन्धुली, १५ चैत्र । प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले द्धन्द्धपीडितले पाउँनुपर्ने बास्तविक न्याय अझै सम्म पाउँन नसकेको बताएका छन ।
आज सिन्धुलीमाढीमा स्थानीय शान्ति समिति सिन्धुलीले आयोजना गरेको द्धन्द्ध व्यवस्थापन तथा शान्ति निर्माणसँग सम्बन्धीत सरकारी तथा गैर सरकारी निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ कार्कीले भने, ‘सरकारको विश्वासीलो संयन्त्रको निर्माण गर्न नसक्दा र निर्माण गरिएको संयन्त्रहरुलाई पनि स्पष्ट निर्देशन नहुँदा द्धन्द्धपीडितहरुले बास्तविक न्याय पाउँन सकेका छैनन् ।’ शान्ति निर्माणका सामान्य खालका कार्यहरु भएपनि द्धन्द्धपीडितहरुलाई बास्तविक न्याय दिने कुरा सरकारले गर्न नसकेको कार्कीको भनाई थियो ।
त्यस्तै कार्यक्रमममा बोल्दै नेपाली काग्रेस सिन्धुलीका सभापति उज्जवल प्रसाद बरालले द्धन्द्धपीडितहरुले बास्तविक अर्थमा राहत पाउन नसकेको बताउँदै राहत खोज्दा खोज्दै हैरान भएका पीडितहरुलाई विभिन्न् खालका संयन्त्र बनाउने तर बास्तविक न्याय नदिने काम गरेका कारण झन पीडा थप्ने काम सरकारले गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै एकीकृत नेकपा(माओवादी) सिन्धुलीका अध्यक्ष राजन दाहालले स्थायी शान्ति निर्माण गर्ने काममा सवै पक्ष उक्तिकै जिम्मेवार बनेर लाग्न जरुरी रहेकोमा जोड दिए । नितीगत रूपमा समस्या हल गर्न जरूरी रहेकाेमा समेत दाहालले जाेड दिए ।
स्थानीय शान्ति समिति सिन्धुलीका संयोजक प्रलाद पोखरेलको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.हरिकुमार रघु श्रेष्ठ, महिला विकास अधिकृत शुसीला आचार्य लगायतले धारणा व्यक्त गरेका थिए ।
स्थानीय शान्ति समिति सिन्धुलीले न्यून बजेट भएपनि समाजमा शान्ति स्थापना गर्न र द्धन्द्धपीडितहरुको घाउँमा मलमपट्टी लगाउन महत्वपूर्ण भुमीका निर्वाह गरिरहेको र आगामी दिनमा यस्को कार्यक्षेत्र र आर्थिक अधिकारलाई समेत बृद्धि गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
0 comments
Write Down Your Responses