Powered by Blogger.
राजस्व तिर्न नसक्दा ६७ विद्यार्थी एसएलसी दिनबाट बन्चित

राजन गाउँले
सिन्धुली १५, चैत्र । समयमा पाँच सय रुपैयाँ परिक्षा दस्तुर नतिर्दा सिन्धुलीका ७६ जना विद्यार्थी यस वर्षको प्रबेशीका परिक्षा (एसएलसी) दिनबाट बन्चित भएका छन् ।
प्रबेशीका परिक्षाका लागि विद्यालयले भर्ने फर्मको दस्तुर तिर्न नसक्दा जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी परिक्षा दिनबाट बन्चित हुने भएका हुन् । 
एसलएलसी परिक्षामा सहभागि हुन कक्षा १० मा भर्नु पर्ने आवेदन फर्म ५ सय रुपैयाँ तिर्न नसक्दा ति विद्यार्थीहरु परिक्षाबाट बन्चित हुने निश्चित भएको हो । परिक्षामा सहभागि हुनका लागि फर्म भर्दा राजस्व तिर्नु पर्ने र कम्तीमा ७५ प्रतिशत हाजिरी हुनु पर्ने व्यवस्था भएपनि ति विद्यार्थीहरुले राजस्व पनि नतिरेको र हाजिर पनि नपुगेका कारण बन्चित भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विद्यालय निरिक्षक नवराज बरालले बताए । 
जिल्लाबाट गत वर्षको प्रबेशीका परिक्षामा राजस्व तिर्न नसक्दा एक सय ६५ जना विद्यार्थी परिक्षा दिनबाट बन्चित भएका थिए । ‘यस वर्ष पनि विद्यार्थी छुटेका छन्, उनिहरुको हाजिरी र राजस्व नभएका कारण परिक्षा बाट बन्चित भएका हुन्,’ बरालले भने । 
केहीले बाध्यताका कारण राजस्व पनि तिर्न नसकेको र केहीको विद्यालयकै लापरबाहीका कारण राजस्व र हाजिरी छुटेको बताइएको छ । जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अनुसार यस वर्षको एसएलसी परिक्षामा जिल्लाबाट जिल्लाका एक सय २९ माध्यमिक विद्यालयका ८ हजार ७ सय ९ जना परीक्षार्थीहरु सहभागी हुने बताइएको छ ।  
जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अनुसार २ प्राविधिक, एक खुल्ला र एक सय २६ माध्यमिक विद्यालय सहित एक सय २९ विद्यालयका परीक्षार्थीहरु सहभागी हुनेछन । चैत्र पहिलो साता देखी हुने प्रवेशीका परीक्षाका लागीे २५ वटा परीक्षा केन्द्रको निर्धारण गरीएको जिल्ला शिक्षा अधिकारी बद्री पाठकले जानकारी दिए ।
पाठकका अनुसार फिक्कल उमावि परीक्षा केन्द्रबाट दुई सय ५१, सुनकोशी उमावि सोखुवेशी केन्द्रबाट दुई सय ९९, बाहुनतिल्पुङ केन्द्रबाट तिन सय ५९, लाम्पान्टार परीक्षाकेन्द्रबाट चार सय ७१, मझुवादोभान श्रोतकेन्द्रबाट तिन सय ७५, वेलघारी परीक्षाकेन्द्रबाट चार सय ३, डकाहा परीक्षाकेन्द्रबाट तिन सय २३, हर्षाही परीक्षाकेन्द्रबाट तिन सय ७, संखवाटार परीक्षाकेन्द्रबाट चार सय २४, लदाभीर परीक्षकेन्द्रबाट पाँच सय १५, भलुवाहि परीक्षाकेन्द्रबाट तिन सय ५, भिमान परीक्षाकेन्द्रबाट दुई सय ६२, ग्वाल्टार परीक्षाकेन्द्रबाट तिन सय ३५, खुर्कोट परीक्षाकेन्द्रबाट दुई सय ८८ परीक्षार्थी सहभागी हुनेछन । 
‘प्रगतिशिल उमावि परीक्षाकेन्द्रबाट दुई सय ८४, उमावि गुठबजार परीक्षाकेन्द्रबाट दुई सय ४८, हायुटार परीक्षाकेन्द्रबाट दुई सय ३८, डाडी परीक्षाकेन्द्रबाट दुई सय ९७, कपिलाकोट परीक्षाकेन्द्रबाट तिन सय ८९, बखफर परीक्षाकेन्द्रबाट तिन सय ३८, महेन्द्रझ्याडी परीक्षाकेन्द्रबाट चार सय ४९, खनियाखर्क परीक्षाकेन्द्रबाट तिन सय ८९, सदरमुकाम स्थित गौमती परीक्षाकेन्द्रबाट तिन सय ९२, फोस्रेटार परीक्षाकेन्द्रबाट तिन सय ९७ र कमला परीक्षा केन्द्रबाट तिन सय ७१ परीक्षार्थीहरु प्रवेशीका परीक्षामा सहभागी हुने छन्,’ उनले भने ।    
गत वर्षको एसएलसी परीक्षामा २ वटा प्राविधिक सहित एक सय २४ माध्यमिक विद्यालयहरुबाट नियमित र एक्जाम्टेड तर्फ गरी जम्मा ७ हजार ७ सय २३ जना परिक्षार्थीहरु सहभागी भएका थिए । 


,

0 comments

Write Down Your Responses