Powered by Blogger.
मोटरसाइकल एकआपसमा ठोक्कीदा ३ जना घाईते



सिन्धुली, १७ चैत्र । वीपी राजमार्ग स्थित कनपा–७ सिन्धुलीमा वीपरीत दिशातर्फबाट आइरहेका मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाइकलमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमाढीबाट भिमान तर्फ जादै गरेको ज ५ प ७३२२ नम्बरको मोटरसाईकल र भिमानबाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको ना १३ प ४९३० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कीएको हो ।
घाइते हुनेमा ज ५ प ७३२२ मोटरसाइकलका चालक  कनपा–७ का चोटलराज पाख्रीन र ना १३ प ४९३० मोटरसाइकलका चालक रानिचुरी–४ का हर्क बहादुर वाईवा र सोह मोटरसाइकलको पछाडी सवार सनक बहादुर वाईवा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी निर्मल पनेरुले जानकारी दिए ।
ना १३ प ४९३० मोटरसाइकलका चालक हर्क बहादुर वाईवाको चालक अनुमति पत्र पनि नभएको र मापसे गरी सवारी चलाएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses