Powered by Blogger.
पहिलो दिनको एसएलसी परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सकियाे

आजको परीक्षामा २ सय २९ परीक्षार्थी अनुपस्थित 

फाइल फाेटाे । 
सिन्धुली, १८ चैत्र । आजबाट यस वर्षको एसएलसी परीक्षा सुरु भएको छ । पहिलो दिन सञ्चालन भएको अग्रेजी विषयको परीक्षा जिल्ला भरिकै परीक्षा केन्द्रहरुमा मर्यादित र शान्तिपूर्ण ढंगले सम्पनन् भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । 
पहिलो दिनको परीक्षामा छात्रा १ सय ३७ र छात्र ९२ गरी जम्मा २ सय २९ परीक्षार्थी अनुपस्थित रहेको कार्यालयले जनाएको छ । जम्मा ८ हजार ६४३ परीक्षार्थी रहेकोमा पहिलो दिनको परीक्षामा ८ हजार ४१५ परीक्षार्थी मात्र उपस्थित भएका छन । 
आजको परीक्षामा नियमित तर्फ छात्रा ३ हजार १ सय ८६ र छात्र २ हजार १७ सय १५ गरी ५ हजार ९ सय १ जना र एक्जाम्टेड तर्फ छात्रा १ हजार ४ सय र छात्र ११ सय १४ गरी २ हजार ५ सय १४ गरी कुल ८ हजार ४१५ जना परीक्षार्थी उपस्थित रहेको जनाइएको छ ।
जिल्ला भरिका २५ परीक्षा केन्द्रबाट नियमित तर्फ ६ हजार ८ र एकजाम्टेड तर्फ २ हजार ६३५ गरी कुल ८ हजार ६४३ परीक्षार्थी रहेका थिए । जस मध्ये छात्रा ४ हजार ८०५ र छात्र ३ हजार ८३८ जना रहेको कार्यालयले जनाएको छ ।
यस वर्षको एसएलसी परीक्षामा जिल्लाबाट नियमित र एक्जाम्टेड तर्फ गरी कुल ७ सय १२ जना दलित परीक्षार्थी सहभागी भएका छन भने हायू समुदायबाट ४७ परीक्षार्थी परीक्षामा सहभागी रहेको कार्यालयले जनाएको छ । साथै जिल्लाको सरस्वती उमावि शंखटार परीक्षाकेन्द्रबाट ३ जना दृष्टिविहिन परीक्षार्थीहरुले परीक्षा दिईरहेको जनाइएको छ । 
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी, अन्य अधिकृतहरु शिक्षा समितिका पदाधीकारीहरु नियमित अनुगमनमा खट्ने व्यवस्था मिलाइएको र ४२ जना सहायक केन्द्राध्यक्ष, ३५८ जना निरीक्षक, ३७५ जना सुरक्षाकर्मी र ११८ जना सहयोगी परीचालन भएको शिक्षा कार्यालयले जनाएको छ । 
यस पटक साधारण विषयमा देशभरबाट नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।
६ लाखभन्दा बढी विद्यार्थीले देशभरिबाट १ हजार ९ सय ४३ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको परिक्षा नियन्त्र कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा छ । यो जिल्लामा ३६ हजार ७ सय विद्यार्थीको लागि ९३ परीक्षा केन्द्र तोकिएको छ भने सवैभन्दा कम परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा छ । यी जिल्लामा एकएक परीक्षा केन्द्र तोकिएको छ ।
एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।


, ,

0 comments

Write Down Your Responses