Powered by Blogger.
सिन्धुली धार्मिक महोत्सबमा २५ लाख संकलन


सिन्धुली २२, फागुन । शुक्रबारदेखि सुरु भएको ऐतिहासिक सिन्धुली धार्मिक महोत्सब २०७२ एबम बिराट राष्ट्र कल्याण शान्ति महायज्ञबाट सनिबारसम्म २४ लाख, ६९ हजार, ४ सय ९२ रुपैया संकल भएको छ । 
उक्त रकम ब्रतबन्ध, सेवादान, शालीग्राम तथा कलश बिक्र्रीबाट संकल भएको महोत्सब आयोजक मूल समारोह समितीले  जनाएको छ । महोत्सबबाट साढे २ करोड रुपैया संकल हुने आयोजकले अपेक्षा राखेको छ । 
जसमध्ये ६५ लाख रुपैया महोत्सब सञ्चालनमा खर्च हुने र बाकी रकमबाट बैद्धिक सनातन, मानब धर्म आश्रम, मन्दिर एबम सिन्धुली जिल्ला प्रवेशद्धार निर्माण खर्च गरिने मूल समारोह समितीका महासचिब खेटराज थापाले जानकारी दिए । धर्म, सस्कार र प्रकृतिको संरक्षण गर्दै सिन्धुलीको ऐतिहासिक पर्यटकीय एबम धार्मिक स्थलको बिकाश र प्र्रचार प्रसार गर्न सिन्धुलीमै पहिलो पटक बौद्धिक सनातन मानब धर्मको आयोजनामा महोत्सब सञ्चालन गरिएकोे हो । 
सिन्धुलीमाढी जाऔ ऐतिहासिक सिन्धुली धार्मिक महोत्सबमा रमाऔ भन्ने मुल नाराका सिन्धुलीमाढीको खुल्लामञ्चको मैदानमा हिजोबाट सुरु भएको महोत्सबमा करिब ५० हजार भक्तजनले महोत्सबको अबलोकन गर्ने आयोजकको पूर्बअनुमान छ । महोत्सबमा प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म मण्डब पुजा पाठपारायण, बिहान ११ बजेदेखि साझ ५ बजेसम्म भगबत श्रबण, सत्संग, कथा बाचन र साझ ५ बजेदेखि ६ बजेसम्म योग शिबिर सञ्चालन हुनेछ । 
यस्तै साझ ७ बजेदेखि राती १० बजेसम्म भजन कृतनको कार्यक्र्रम रहने महोत्सबमा सामान्य शूल्क तिरेर लक्ष्यबर्ती ब्रतबन्ध, ग्रहजप, तुलादान, मातापिता पुजा, कालसर्प योग पूजा आदि गर्न सकिने बताइएको छ । २९ गत्तेसम्म रहने महोत्सबमा प्रखर कथा बाचक गोबिन्द शरण महाराजा र मधुरवाणीकी धनी मिरादेबीबाट संगीतमय कथा बाचन हुनेछ ।





,

0 comments

Write Down Your Responses