Powered by Blogger.
किसान महासंघको जिल्ला भेला सम्पनन्



सिन्धुली, ९ वैशाख । एकीकृत माओवादी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)को पहिलो जिल्ला भेला विहिबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
महासंघका केन्द्रिय उपाध्यक्ष रामकुमार पौडेलको अध्यक्षतामा भएको भेलाले नारायणदेव श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमितिको निर्माण गरेको छ । भेलाबाट निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बद्री श्रेष्ठ, विष्णु कार्की, त्यस्तै सचिबमा केदार कार्की, सहसचिबमा रामकुमार थापा र कोषाध्यक्षमा झर्ना पहाडी रहेका छन । 
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का जिल्ला संयोजक तुलसीराम काफ्लेको अध्यक्षतामा भएको भेलालाई एकीकृत माओवादी जिल्ला अध्यक्ष राजन दाहाल, एमाओवादी नेता गणेश वुढाथोकी लगायतले शुभकामना दिएका थिए । 
कार्यक्रममा जिल्ला भरका किसान प्रतिनिधीहरुको सहभागीता रहेको थियो भने पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 


0 comments

Write Down Your Responses