Powered by Blogger.
सुविधा कटौती गरेको भन्दै प्राध्यापकहरु आन्दोलनमा

क्याम्पस प्रमुख भन्छन, ‘श्रोत नभएका कारण विधान अनुसार दिन सकिदैन ।’

सिन्धुली बहुमुखी क्याम्पस । फाइल फाेटाे 
बुद्धकुमार आछामी
सिन्धुली, २२ चैत्र । जिल्लाकै ठुलो सिन्धुली बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यान विपरीत प्राध्यापक तथा कर्मचारीहरुको सुविधा कटौती गरेको भन्दै प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन । 
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.सुरेसराज शर्माको अध्यक्षतामा सनिबार बसेको वैठकले कार्यालय सहयोगी भिमबहादुर श्रेष्ठको विद्यान विपरीत उपदानको कटौती गरेको र बाँकी कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई पनि विद्यान विपरीत सेवा सुविधा कटौती गर्ने आशयको निर्णय गरेको भन्दै प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन । 
पव्लिक क्याम्पस प्राध्यापक संघ नेपाल सिन्धुली एकाई कमिटी अध्यक्ष टीका बहादुर थापाद्धारा जारी विज्ञप्तीमा क्याम्पस प्रमुख मिन प्रसाद घिमिरेले क्याम्पस विद्यान विपरीत भएको निर्णयलाई संस्थागत रुपमा भएको भन्दै चिक्त नबुझे प्रक्रियामा जान धम्की दिएको अभिव्यक्ति प्रति घोर आपत्ति समेत जनाइएको छ । 
प्राध्यापकहरुले कार्यालय सहयोगी भिम बहादुर श्रेष्ठले क्याम्पस विधान  अनुसार प्राप्त गर्ने सेवा सुविधा तथा उपदानमा गरेको कटौती तत्काल खारेज गर्नुपर्ने, क्याम्पसले उपलब्ध गराउनु पर्ने नागरीक लगानी कोष, संचय कोष, कर्मचारी कल्याण कोष र विरामी विदाको सम्पूर्ण रकम चैत्र मसान्त भित्र उपलब्ध गराउनुपर्ने, शिक्षक र कर्मचारी सेवा सुविधा सम्बन्धी निर्णय गर्दा सञ्चालक समितिले शिक्षक कर्मचारी वीच सहमति कायम गर्नुपर्ने, विविध खोजमुलक र अतिरिक्त कार्यमा संलग्न प्राध्यापक तथा कर्मचारीहरुको बाँकी रहेको पारिश्रमिक तथा विदा मिलान रकम भुक्तानी गरिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका छन । 
आन्दोलनका कार्यक्रम अन्र्तगत आउँदो २७ गतेसम्म कालो पट्टि बाधेर कार्य सञ्चालन गर्ने र २७ गतेसम्म माग पुरा नभएरमा २८ गतेदेखी अनिश्चितकालीन रुपमा क्याम्पसको प्रसासनीक, आर्थिक, शैक्षिक लगायतका कामहरु बन्द गर्ने प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ । 
विधान अनुसार नै सेवा सुविधा उपलब्ध गराउने कुरामा क्याम्पस प्रतिबद्ध रहेको भएपनि क्याम्पसमा श्रोतको अभावका कारण प्राध्यापक तथा कर्मचारीहरुलाई विधान अनुसार सुविधा दिने हैसीयत क्याम्पसको नरहेको क्याम्पस प्रमुख मिन प्रसाद घिमिरेले बताए । सवै प्राध्यापक तथा कर्मचारीहरुले क्याम्पसको अवस्थालाई नजिकबाट बुझेकाले सामान्य विषयलाई त्यति ठुलो आन्दोलनको रुपमा अगाडि बढाउन आवश्यक नरहेको घिमिरेको भनाई थियो । 
उता क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.सुरेशराज शर्मासँग भने यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । क्याम्पसका विभिन्न् विद्यार्थी संगठनका नेताहरुले भने प्राध्यापक र सञ्चालक समिति वीचको टकरामा विद्यार्थीहरुको शैक्षिक गतिविधीमा असर पर्नु नहुने बताएका छन । 


, ,

0 comments

Write Down Your Responses