Powered by Blogger.
पुनः निर्माणको काम नगर्ने सिन्धुलीका गाविस सचिवहरुको निर्णय


सिन्धुली, २४ चैत्र । सिन्धुलीका गाविस सचिवहरुले भुकम्पपछिको पुनःनिर्माणको काम अतिरिक्त सुविधा नदिए नगर्ने निर्णय गरेका छन । गाविस सचिब हकहित संरक्षण केन्द्र सिन्धुलीको मङ्गलबार बसेको वैठकको निर्णय सचिबहरुले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई जानकारी गराएका छन ।  
जिम्मेवारी मात्रै थपिने सुविधा नदिने भन्दै उनीहरुले अतिरिक्त कामको अतिरिक्त सुविधा नदिएसम्म पुनः निर्माण प्राधिकरणको काम नगर्ने घोषणा गरेका हुन । गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय सदस्य पदमसंकर गौतमले एक गाविस, एक सचिवको ब्यवस्था नगरे सम्म एमसीपीएमका कार्यक्रम तथा पुर्ननिर्माणको कार्यभार नसम्हाल्ने निर्णय भएको जानकारी दिए । 
एक जना सचिवले दुई तीन ओटा गाविसको काम गर्नु पर्ने र अहिले पुनः निर्माणको काम समेत थपिएकाले आफुहरुले आन्दोलन गर्न बाध्य भएको गौतमले बताए । पुनः निर्माण प्राधिकरणले व्यक्तिगत आवाश पुनः निर्माणका लागि दिइने अनुदान गाविसबाट वितरण गर्ने निर्णय गरेर जिल्ला विकासमा रकम निकासा गरेपछि सचिवहरुले आन्दोलन थालेको बताएका छन । सरकारले पुनःनिर्माण अभियानमा खटिने अरु कर्मचारीलाई सतप्रतिशत भत्ता दिने र गाविस सचिवहरुलाई जिम्मेवारी मात्रै थपी दिने विभेदकारी निर्णय गरेकाले पुनःनिमार्णसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेर गाविस सचिवहरु आन्दोलनमा उत्रिएका हुन । 
सचिबहरुले पुनःनिर्माणको काममा असहयोग गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा जानकारी पत्र बुझाएपछि शुक्रबार झागाँझोली रातमाटा गाविसबाट सुरु गर्ने भनिएको पुर्ननिर्माणको अभियान प्रभावित हुने देखिएको छ । कुशेश्वर दुम्जा र झा.रा.गाविसको जिम्मेवारी सम्हाली रहेका सचिब लेखनाथ ढकालले आफुले बिहिबार जिल्ला विकास समितिमा झा.रा. गाविसको छाप र कागजपत्र बुझाउने बताए । 
सिन्धुलीमा हाल रहेका ५० वटा गााविसमा ४० जना सचिबहरुले कामकाज सञ्चालन गरिरहेका छन । एकजना गाविस सचिबले ३ वटा सम्म गाविसको कार्यभार सम्हाली रहेको अवस्था छ । 


,

0 comments

Write Down Your Responses