भु–उपयोग निती नहुँदा मासिँदै गेतीयोग्य जमिन
सिन्धुलीमाढी स्थित धुराबजारकाे उर्वर फाट जहाँ घडेरीले भरीएकाे छ । फाेटाे बिजयकिल्ला डटकम । |
बुद्धकुमार आछामी
सिन्धुली, २४ चैत्र । नयाँ बस्ती विस्तार र खेतलाई घडेरीमा प्लटिङ्ग गर्ने चलनको तिब्रतासँगै जिल्लामा खेती गरीने जमिन साघुरीन थालेको छ । जनसंख्या बृद्धिसँगै खेतीयोग्य मानिने समथर जमिन घडेरीको रुपमा बढी मुल्यमा विक्रि हुने भएपछि बाली लगाउन छाडेर घडेरी बनाई बेच्ने चलन बढेको हो । जिल्लाको कुल क्षेत्रफल २ लाख ४३ हजार ५६२ मध्ये २८.६९ प्रतिशत अर्थात ७१ हजार १४४ हेक्टर जमिन खेतियोग्य रहेको छ । खेती योग्य जमिन मध्ये मध्यपहाडमा २७ हजार ३४ हेक्टर र चुरे तथा भित्री मधेशमा ४४ हजार १०९ हेक्टर पर्दछ । कृषि विकास कार्यालयका अनुसार खेती योग्य जमिन मध्ये १२ हजार २ सय ४१ हेक्टर र बाँकी पाखो रहेको छ ।
९ हजार १ सय ५८ हेक्टरमा बाहै महिना सिचाई सुविधा छ भने ६ हजार ३ सय ४८ हेक्टरमा मौसमी सिचाई गरीन्छ । जिल्लाको कुल खेती योग्य जमिन मध्ये झण्डै सात प्रतिशत जमिन घडेरीले छेकेको जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी विजयकुमार मण्डलले बताए । उनले भने, ‘समथर र उर्वर जमिन घडेरीमा जान थाले । यस्ले अन्य उत्पादनमा दुरगामी असर पार्छ ।’
राष्ट्रिय जनगणना २०६८ को तथ्याङक अनुसार जिल्लामा कृषक परीवार संख्या ४६ हजार २ सय ९६ छ । कृषि कार्यालयका अनुसार खेतीयोग्य जमिन मासिँदै गएपछि बढी मात्रामा उत्पादन हुने धान, मकै, गहुँ र तरकारी उत्पदनमा समेत असर पुगेको छ ।
जिल्लाका उर्वर मानिएका फाँटहरु सिन्धुलीमाढी, कमलाखोज, मरीणखोला, सुनकोशी क्षेत्रका झागाँझोली रातमाटा, भिमेश्वर खुर्कोट, भुवनेश्वरीको ग्वाल्टार लगायतका खेतीयोग्य जमिनहरु धमाधम घडेरीमा विक्रि हुन थालेका छन । सदरमुकाम स्थित उर्वर खेतीयोग्य भुमीको रुपमा रहेको माढीबजार फाँट त झन पछिल्लो २ वर्षमा घरैघरले भरिएको छ । वार्षिक रुपमा सदरमुकाममा तीन सयँ भन्दा बढी घरहरु निर्माण हुने गरेको नगरपालिका कार्यालयले जनाएको छ । यहि स्तरमा घरहरुको निर्माण कार्य बढ्दै जाने हो भने सदरमुकामको खेतीयोग्य जमिन केहि वर्षमा बाँकी नरहने कमलामाई नगरपालिका कार्यालयका सुचना अधिकारी विनोदबावु खकुराल बताउछन ।
शहरी विकास मन्त्रालयको सहयोगमा कार्यालयले भुउपयोग नितीको निर्माण गरी नगरक्षेत्रमा कृषियोग्य जमिनमा भइरहेको बस्ती विस्तारलाई नियन्त्रण गर्ने तयारी भइरहेको समेत खकुरालले बताए ।
जिल्लालाई वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हेटौडा–चतरा राजमार्गले छोएका कारण पनि खेतीयोग्य जमिनलाई घडेरीमा विक्री गर्ने क्रम बढेको हो भने विदेशी रेमिट्यान्स, बसाईसराई, जनसंख्यामा बृद्धिका कारणले पनि खेती योग्य जमिनलाई घडेरीको रुपमा प्रयोग गर्ने क्रम केहि वर्ष देखी तिब्र रुपमा बढ्दै गएको पाइएको छ ।
नेपाल सरकार, भुमी सुधार तथा व्यवस्था मन्त्रालयले भु उपयोग आयोजनालाई अगाडि सारेको भएपनि जिल्लामा त्यसले आफ्नो कामलाई अगाडि बढाएको छैन । सरकारले २०६९ वैशाखमा भुउपयोग निती २०६९ पारीत गरी १० वर्ष भित्र कार्य सम्पनन् गर्ने निती लिएको थियो ।
नितीमा नगरपालिकाका जिल्ला सदरमुकाम, नगरोन्मुख गाविस र मुख्य सडकहरु आसपासका क्षेत्रका हकमा पाँच वर्ष भित्र कार्य सम्पनन् गर्ने र दुई वर्ष भित्र आवश्यक संस्थागत तथा कानुनी व्यवस्था गर्ने लक्ष्य लिएको भएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । जस्का कारण खेती योग्य जमिन अव्यवस्थि रुपमा घडेरीमा परिणत हुँदै गइरहेको छ ।
0 comments
Write Down Your Responses