Powered by Blogger.
एमाओवादी नेता गोपाल किराती मधेसी मोर्चाको आन्दोलनमा



काठमाडौं,१ जेठ । एकीकृत माओवादी भित्र क्रान्तिकारी नेताका रुपमा परिचित पोलिट व्यूरो सदस्य गोपाल किराती मधेसी मोर्चा सहितको संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा सहभागि भएका छन् । 

मोर्चामा सहभागि भएको संघीय गठबन्धनका २९ दल, मोर्चा र संस्थाले आफ्ना २६ वटा माग पूरा गराउने उद्देश्यका साथ शनिबारबाट सुरु गरेको आन्दोलनमा एमाओवादी नेता किराती सहभागि भएका हुन् । 


किरातीले अपूरो र अदूरदर्शी संविधानलाई पूर्णता दिन आन्दोलनमा सहभागि भएको बताएका छन् । 

शुक्रबारको आन्दोलनमा सहभागि भएका नेता किरातीले एमाओवादी जनयुद्ध बिरुद्ध ओली सरकार टिकाउन लागे पनि आफु जनयुद्धको म्याण्डेट अनुसार नयां राष्ट्रिय एकीकरणको नयां आन्दोलनमा सहभागि भएको बताए  । 

‘कमि कम्जोरीका साथ आएको संविधानलाई आन्दोलनमार्फत पूर्णता दिनु पनि गठबन्धनमा आफ्नो सहभागिता हो,’ किरातीले भने । 


,

0 comments

Write Down Your Responses