Powered by Blogger.
विद्यार्थी दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम

सिन्धुली, १ जेष्ठ । एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सिन्धुलीले विद्यार्थी दिवसको अवसर पारेर प्रशिक्षण कार्यक्रम सम्पन्न् गरेको छ । 
संगठनका जिल्ला अध्यक्ष उत्तम पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा(माओवादी) जिल्ला अध्यक्ष राजन दाहाल, अखिल(क्रान्तिकारी)का ३ नं.प्रदेश सहइन्चार्ज गोविन्द घिमिरे, अखिल(क्रान्तिकारी)का फ्याक्सन इन्चार्ज यमकुमार देवकाेटा लगायतले मनतव्य ब्यक्त गरेका थिए ।  
२०२२ साल जेठ १ गते स्थापना भएको विद्यार्थी संगठन ‘अनेरास्ववियु’ अहिले विभिन्न चिरामा बिभाजित छन । कम्युनिष्ट पार्टीलाई आदर्श मान्ने यी संगठनहरुले अहिले आफ्नो पहिचानको लागि नामको पछाडी पाँचौं, छैठौं, क्रान्तिकारी लेख्ने गरेका छन ।
सवै संगठनहरूले छुट्टा छुट्टै रुपमा स्थापना दिवस मनाउँदै आएका छन । स्थापना दिवसकै अवसर पारेर नेकपा(एमाले) निकट अखिलले अाज अनाथ विद्यार्थीहरूलार्इ सहयाेग प्रदान गरेकाे जनाइएकाे छ । 
अनेरास्ववियु, अखिल(क्रान्तिकारी), अखिल(क्रान्तिकारी), अखिल(क्रान्तिकारी), क्रान्तिकरी विद्यार्थी संगठन नेपाल, अखिल(पाँचौ), अखिल(छैठौंं),र अनेवियु गरि आठ ओटा अखिलले छुट्टा छुट्टै रूपमा काेहिले स्थापना दिवस र काेहीले विद्यार्थी दिवस भनेर मनाउँदै अाएका छन ।


,

0 comments

Write Down Your Responses