Powered by Blogger.
सिन्धुलीमा तिन दिन सम्म यसरी मनाइदै छ गणतन्त्र दिवस

सिन्धुली, ७ जेठ । सिन्धुली जिल्लामा गणतन्त्र दिवसको अवसरमा पहिलो पटक जिल्लामा राजनैतिक दल र कर्मचारीविच मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने भएको छ । 
आज स्थानीय विकास अधिकारीको  अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवसको अवसरमा मैत्री पुर्ण फुटवल खेल खेल्ने निर्णय गरेको हो ।   जेठ १४, १५ र १६ गते मनाईने गणतन्त्र दिवसमा १४ गते जिल्ला  अस्पताल सिन्धुलीमा फलफुल वितरण गर्ने, १५ गते जिल्ला स्थित विभिन्न राजनैतिक दल र कर्मचारीविच मैत्रीपुर्ण फुटवल प्रतियोगिता गर्ने र १६ गते कक्षा १० मा अध्ययनरत छात्र तथा छात्रावीच गणतन्त्र विषयक वत्तित्वकला प्रतियोगिता र नगर सरसफाई गर्ने भएको छ ।  
यस्तै गणतन्त्र दिवसमनाई रहदा जिल्ला कारागारमा रहेका कैदिहरुलाई पनि खेलकुदका सामाग्रि प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । १६ गते वत्तित्वकला प्रतियोगितका विजेतालाई पुरस्कार वितरण गर्दै गणतन्त्र दिवस २०७३ सम्पन्न हुने भएको छ ।


0 comments

Write Down Your Responses