Powered by Blogger.
कमला उमाविकाे ब्यवस्थापनमा पत्रकार महासंघका दुर्इ पुर्व सभापति

सिन्धुली, १५ जेठ । जिल्लाकै सवैभन्दा पुरानाे कमला उच्च माध्यमिक विद्यालय कनपा ९ ढुग्रेबासकाे ब्यवस्थापन समितिकाे अध्यक्षमा पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति तथा स्थानिय शान्ति समिति सिन्धुलीका संयाेजक राजकुमार कार्की सर्वसम्बत रूपमा चयन भएका छन । त्यस्तै सदस्यमा पत्रकार महासंघका पुर्व सभापति श्यामहरि अधिकारी पनि चयन भएका छन । 
सुक्रबार भएकाे अभिभावक भेलाले कार्कीकाे अध्यक्षतामा सात सदस्यीय समिति चयन गरेकाे हाे । ब्यवस्थापन समितिकाे अन्य सदस्यहरूमा शुक्र विशके, अश्विन हायू, चनमायाँ सार्की, समुन्द्र श्रेष्ठ, यम बहादुर थापामगर रहेका छन । 
जिल्ला शिक्षा कार्यालय सिन्धुलीका विनि धुर्व काेइराला, तथा श्राेत व्यति चन्द्र प्रसाद पहाडिकाे उपस्थितिमा सम्पन्न अभिभावक भेलाले ११ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेकाे जनाइएकाे छ । 
कमला उमावि लामाे समय देखि ब्यवस्थापन समिति विहिन बनेकाे थियाे । व्यवस्थापन समिति बनेपछि विद्यालयले गति पाउने विश्वास ब्यत्त गरिएकाे छ । 



,

0 comments

Write Down Your Responses