Powered by Blogger.
गणतन्त्र दिबसकाे अवसरमा दल र कर्मचारी फुटबल‍‍

दलको जित, कर्मचारीलाई आधादर्जन गोल 


राजन गाउँले 
सिन्धुली १५, जेठ । नवौं गणतन्त्र दिवसको अवसर पारेर सिन्धुलीमाढीमा शनिवार आयोजित दल—कर्मचारी मैत्रिपूर्ण फुटवल प्रतिस्पर्धामा दलको जित भएको छ । प्रतिस्पर्धामा सहभागि संयुक्त दलले कर्मचारीलाई ५—१ गोल अन्तर निकाल्दै जित हात पारेका हुन् ।
सिन्धुलीमाढी स्थित खुल्लामञ्चमा भएको प्रतिस्पर्धामा खेल सुरु भएको ७ मिनेटमै दलका तर्फबाट नेपाली कांग्रेस सिन्धुलीका सदस्य उपेन्द्र पोखरेलले कर्मचारी टिमाथी १ गोल प्रहार गरेका थिए । त्यसको झण्डै १५ मिनेटसम्म आक्रमक खेल खेलेका कर्मचारी टीमका संजित कार्कीको फरवार्डलाई कुसल्ता पूर्वक उपभोग गर्दै नेपाल प्रहरीका प्रसन्न डाँगीले खेलको २५ औं मिनेटमा दलमाथी जवाफी गोल फर्काएर गोल बराबरी बनाएका थिए ।
तर, डाँगीको जवाफी गोल धेरै समय टिक्न सकेन् । कर्मचारी टिमले जवाफी गोल प्रहार गर्दै बरारबरी गोल गरेको पाँच मिनेट नवित्दै पुनः दलकै टिममा एमाओवादी केन्द्रबाट खेलेका सरोज विकको गोलले दललाई जित नजीक पु¥यायो । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ् टाइमसम्म दुई एक गोल अन्तरले अग्रता कायम गरेको दललाई  हाफ टाइम पछि भएको खेलमा पुनः सरोज विकलेनै कर्मचारी टिम माथी थप एक गोल प्रहर गर्दै दलको गोल अंक तालिकामा तिन एक अंक बनाए । 
पहिलो आफ पछि कमजोर सावित भएको कर्मचारी टीममाथी दलले प्रहार गरेको बल समाउँने क्रममा कर्मचारीका गोल रक्षक तथा गाविस सचिव रितेस थापामगरले आत्माघाती गोल गर्दा दललाई थप एक गोल अंक थपीएको थियो । जित शुनिश्चित जस्तै भएपछि थप आक्रमक भएर प्रतिस्पर्धामा उत्रँदा खेलको अन्तिम समयमा दलकै तर्फबाट संजय श्रेष्ठले थप एक गोल गरेपछि गोल अंक तालिकामा दलको पाँच र कर्मचारीको एक गोल कायम भएको थियो ।
नेपाली कांग्रेस सिन्धुलीका सभापतिा उज्वल बरालको नेतृत्वमा दल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत हरिप्रसाद दाहालको नेतृत्वमा कर्मचारी टिमविच  प्रतिस्पर्धा भएको थियो ।
नेपाल फुटवल संघ सिन्धुलीका अध्यक्ष लक्षु देवकोटाको एम्पाएरमा भएको खेलमा दलका तर्फबाट कांग्रेस सभापति बराल, एमाले उपाध्यक्ष प्रलाद पोखरेल, सचिव सूर्य पाख्रिन, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ज्वालाप्रसाद नौपाने लगायतका जिल्ला तहाका नेताहरुको सहभागिता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत दाहालको नेतृत्वमा शसस्त्र प्रहरी नायव उपरिक्षक यदुकुमार कार्की, घरेलु तथा सना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नारयण कोइराला, प्रहरी निरिक्षक निर्मल पनेरु, नेपाल टेलिकमका प्रमुख उपेन्द्र यादव लगायतको सहभागिता रहेको थियो । 
खेल क्षेत्रको विकासमै कमजोरी
गणतन्त्र दिवस मुल आयोजक समिति सिन्धुलीको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा व्यवस्थापन भने निक्कै फितला भएको गुनासो आएको छ । 
जिल्लाका नेतृत्व तहका नेता तथा कार्यालय प्रमुखहरु विच जिल्लामा पहिलो पटक प्रतिस्पर्धा हुने भएपनि गोल पोष्टमा नेट जाली समेत राखीएको थिएन् । पानी परेर हिलाम्मे सडक, खाल्टै खाल्टा र ढुङ्गा तथा गिट्टीमाथी खाली खुट्टाले खेलीएको खेल आयोजकको व्यवस्थापनमा लापरबाही र जिल्लामा खेलकुद मैदानको उचित व्यवस्थान हुन नसकेको प्रष्ट देखिन्थ्यो ।
विद्यार्थी जिवन छाडेर राजनीतिको झण्डै २५ वर्षपछि फुटवलका लागि आफै प्रतिस्पर्धामा उत्रदा बास्तविक खेल क्षेत्रको विकासमा ध्यान पुरयाउन नसकिएको अनुभुति भएको कांग्रेस सभापति बरालले बताए । “जिल्लामा थुप्रै खेलका गतीविधिहरु संचालन गर्दै आएपनि व्यवस्थापन र खेल मैदानका लागि दलको तर्फबाट पनि केह ीगर्न नसकेको झै अनुभुती भयो,’ उनले भने । 
खेलकुदको विकासका लागि समयमा राजनीतिक दल र कर्मचारी दुबै क्षेत्रबाट ध्यान पुग्न नसक्दा ब्यवस्थापनमा कमजोरी भएको एमाले सिन्धुलीका सचिव सुर्य पाख्रिनले उल्लेख गरे । आगामी दिनमा जिल्लाको खेल क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने माओवादी केन्द्रका सदस्य ज्वाला न्यौपानेको भनाई थियो । 
जिल्लाकै एक मात्र घरेलु मैदानका रुपमा रहेको तर असुरक्षित खेलमैदानका कारण प्रतिस्पर्धामा झण्डै एक दर्जन दलका नेता तथा कर्मचारी प्रतिस्पर्धी घाइते भएका थिए । प्रतियोगितामा नेपाली कांग्रेसका सदस्य उपेन्द्र पोखरेल, तरुणदलका सुवास केसी, एमाले जिल्ला सदस्य विनोद श्रेष्ठ लगायतका नेता तथा कर्मचारीहरु घाइते भएका थिए । प्रतिस्पर्धामा विजयी दलको टीमलाई आइतबार एक कार्यक्रमका विच पुरस्कृत गर्ने बताइएको छ ।


, ,

0 comments

Write Down Your Responses