Powered by Blogger.
साझा बन्न सकेन पेशागत संगठन हिस्टान



काग्रेस माओवादी प्यानलका बोहोरा अध्यक्षमा निर्वाचित 

बुद्धकुमार आछामी 
सिन्धुली, १६ जेठ । उच्च माध्यमिक शिक्षक एशोसिएसन(हिस्टान) सिन्धुलीको सनिबार सम्पनन् चौथो जिल्ला अधिवेशनले सन्तोष बोहोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । 
विभिन्न् राजनैतिक पार्टीमा विभाजित भएका शिक्षकहरु वीच नेतृत्व चयनमा सहमति हुन नसकेपछि सनिबार निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको हो । नेपाली काग्रेस र नेकपा(माओवादी) केन्द्र निकट शिक्षकहरुको प्यानल र नेकपा(एमाले) निकट शिक्षकहरुको प्यानल वीच चुनावी प्रतिसप्रर्धा भएको थियो । 
सनिबार राति सकिएको मतगणनाको परीणाम अनुसार नेपाली काग्रेस र माओवादीको प्यानलबाट अध्यक्षको उमेदवार बनेका सन्तोष बोहोराले ५२ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्धन्दी रमेश कार्कीले ३६ मत प्राप्त गरेका छन ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा ४९ मत ल्याएर गान्धिराज मगर निर्वाचित भएका छन उनका प्रतिद्धन्दी सुमित्रा रिसालले ३९ मत प्राप्त गरेकी छिन । सचिबमा ५१ मत ल्याएर सागर कुमार बराल निर्वाचित भएका छन भने उनका प्रतिद्धन्दी रेणुराज देवकोटाले ३७ मत प्राप्त गरेका छन । 
कोषाध्यक्षमा बोहोरा प्यानलकै तिर्थराज कोइराला ४९ मत ल्याएर विजयी भएका छन भने सह सचिबमा ४९ मत प्राप्त गरेर लिलाबहादुर पुर्वछाने विजयी भएका छन । 
चुनावि प्रतिसप्रर्धाबाट निर्वाचित कार्यसमितिको सदस्यहरुमा निर्जना थापा, डिल्ली प्रसाद अधिकारी, शिवरमण दास, गोमा सुवेदी र लक्ष्मी भण्डारी रहेको नवनिर्वाचित सचिब सागर कुमार बरालले जानकारी दिए ।
त्यस्तै सम्मेलनबाट एमालेकाे प्यानबाट धुर्व प्रसाद पहाडी सदस्यमा चयन भएका छन ।  अधिवेशनमा जिल्ला भरिका उच्च माध्यमिक विद्यालयहरुबाट ९४ जना प्रतिनिधीहरुको सहभागीता रहेको र निर्वाचनमा ८८ मत खसेको जनाइएको छ । 
राजनैतिक पार्टीमा आवद्ध शिक्षकहरुको नेतृत्व होडबाजीका कारण पेशागत संगठनको रुपमा क्रियाशिल रहेको उच्च माध्यमिक शिक्षक एशोसीएसन(हिस्टान) साझा बन्न सकेन । चुनाबि पराजय भोगेका नेकपा(एमाले) निकट शिक्षकहरुको प्रतिनिधीत्व उक्त कमिटीमा हुन सकेको छैन ।
हिस्टानले आइतबार बिहान पत्रकार सम्मेलन गरी सम्मेलन सफल बनाउन सहयोग गर्ने सवैपक्षलाई धन्यवाद समेत दिएको छ । पत्रकार सम्मेलनमा उच्च माध्यमिक तहको शिक्षामा रहेका शैक्षिक एव्म पेशागत समस्याहरुलाई निराकरण गर्न आगामि दिनमा हिस्टान योजनाबद्ध ढंगले लाग्ने नवनिर्वाचित अध्यक्ष सन्तोष बोहोराले बताए । उच्च माध्यमिक तहका शिक्षकहरु माथी सरकारले विभेद गरेको बताउँदै डिग्री सकेका प्राचार्यहरु आफु भन्दा तल्लो शैक्षिक योग्यता भएको प्रधानाध्यापकको मातहतमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको बोहोराले बताए । जिल्लामा हाल ६० भन्दा बढी उच्च माध्यमिक तहका विद्यालयहरुमा दरबन्दी ४२ र अनुदान ८४ सहित १ सय २६ जना उच्च माध्यमिक शिक्षकहरु कार्यरत रहेका छन । 
सरकारले पर्याप्त भौतिक पुर्वाधार, गुणस्तरिय शिक्षक जनशक्ति र विद्यार्थी संख्या बिना ग्रामीण क्षेत्रमा उच्च माध्यमिक विद्यालयहरु खोल्ने अनुमति दिदा शैक्षिक गुणस्तरमा कमि आउनुको साथै कतिपय उच्च माविहरु विद्यार्थी अभावका कारण बन्द गर्नुपर्ने अवस्था समेत पुगेका छन । 
एकातिर असाध्यै न्यून संख्यामा विद्यार्थीहरु राखेर प्लस टु चलाउनुपर्ने बाध्यता रहेको छ भने अर्कातिर न्यून तलबमा योग्यता बिनाका शिक्षकहरु राख्नुपर्ने बाध्यता ब्यवस्थापन पक्षलाई पर्ने गरेको छ । सरकारको दुरदर्शि निती नहुँदा गाउँका सरकारी उच्च माध्यमिक विद्यालयहरु प्रति विद्यार्थी र अभिभावकको आकर्षण समेत घट्दै गएको छ । 



, ,

0 comments

Write Down Your Responses