Powered by Blogger.
विद्यालयकाे लापरवाहिले होस्टलबाट विद्यार्थी बेपत्ता


बुद्धकुमार आछामी
सिन्धुली, २१ वैशाख । सरकारी निती र निर्देशीकाको वेवास्ता गर्दै मनोमानी चलिरहेका जिल्लाका निजी विद्यालयहरुका एक पछि अर्का गम्भीर लापरवाहिका घटनाहरु बढ्दै गएको छ । 
निजी विद्यालयहरुको छाता संस्था प्यावसन सिन्धुलीका अध्यक्ष सोनी पाण्डेले सिन्धुलीमाढीमा सञ्चालन गरेको सुर्योदय इङलिस वोर्डिङ्ग स्कुलको होस्टलबाट एक विद्यार्थी एक साता देखी वेपक्ता भएका छन । 
सर्लाही रानिगन्ज–३ स्थायी घर भएका १६ वर्षिय आर्दश बस्नेत गत १७ गतेदेखी वेपक्ता भएको भन्दै अभिभावकहरुले खोजतलासका लागी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सोमबार निवेदन दर्ता गराए पछि विद्यालयको लापरवाहि सार्वजनिक भएको छ ।
विद्यालयको होस्टलमा बसेर कक्षा ८ मा पढिरहेका बस्नेत झण्डै १ हप्ता अगाडि देखि हराएको भएपनि सोमबार मात्र अभिभावकले खोजिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यायल सिन्धुलीमा निवेदन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रहरी निरीक्षक विपिन ओझाले जानकारी दिए । 
प्रहरीले आफ्नो संयन्त्र मार्फत बालकको खोजिकार्य सुरु गरिसकेको र विद्यालय सञ्चालकको गम्भीर लापरवाहि रहेकाले कानुनी दायरामा ल्याएर आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइने समेत प्रहरी निरीक्षक ओझाले बताए । वालकको झोलामा रहस्यमय पत्र समेत भेटिएकोले त्यसको पनि अनुसन्धान भइरहेको उनको भनाई थियो । 
छोरा हराएको खबर पाएपछि सिन्धुलीमाढी आइपुगेका उनका बावु राजकुमार बस्नेतले पढाउनका लागी विद्यालयलाई जिम्मा लगाएर बोर्डस गरेको छोरो वेपक्ता हुनु विद्यालयको गम्भीर लापरवाहि भएको बताए । उनले भने, ‘खर्च गरेर छोरो पढाउन जिम्मा लगाएको, विद्यालयले लापरवाहि गर्दा छोरो वेपक्ता भयो ।’ १७ गते नै छोरो हराएको भएपनि साथीकोमा गएको होला आउँछ अलिदिन बाटो हेरीदिनु भनेर विद्यालयले प्रहरीकोमा उजुरी समेत गर्न रोकेको बस्नेतले बताए । 
आफनो छोराको झोलामा भेटिएको पत्र भने रहस्यमय रहेको बस्नेतले बताए । उनले भने, ‘ त्यो पत्र मेरो छोराको होइन, छोराको अक्षर त्यस्तो छैन ।’ हिड्ने मान्छेले त झोलामा पत्र लेखेर राखेको हुन सक्छ भनेर सुरुमै मेडम(सोनी पाण्डेको श्रीमति)ले भनेको र खोज्न जाँदा पत्र भेटिएका कारण आफुलाई पत्रको बारेमा संका लागेको बस्नेतले बताए । विद्यालयले आफ्नो छोरो जस्ताको तस्तै उपलब्ध नगराए विद्यालय तालाबन्दी गर्ने र न्यायका लागी थप आवश्यक कानुनी उपचारमा जाने बस्नेतले बताए ।  
उता प्यावसन सिन्धुलीका अध्यक्ष समेत रहेको विद्यालयका प्रिन्सीपल सोनी पाण्डेले विद्यार्थी होस्टलबाट हराउनु आफुहरुको कमजोरी भएको स्वीकार गर्दै विद्यालयको तर्फबाट पनि खोजिकार्य भइरहेको बताए । साथीहरुकोमा गएको हुनसक्छ आउँछ भनेर पर्खदा पर्खदै नआएको उनको भनाई थियो । 
होस्टलबाटै विद्यालय हराउनु, एक साता देखी विद्यार्थी हराउँदा  पनि प्रहरीको खबर नगर्नु र विद्यार्थीको झोलामा संकास्पद पत्र भेटिनुले विद्यालय प्रति गम्भीर संका उत्पनन् गराएको स्थानीय अभिभावकहरु बताउछन । निजी विद्यालयहरुले पछिल्लो समय मनोमानी गरिरहेको र त्यसलाई सम्बन्धीत निकायले नियमन गर्न नसकेको अभिभावकहरुले आरोप लगाउँदै आएका छन । 





, ,

0 comments

Write Down Your Responses