Powered by Blogger.
सिन्धुलीमा पनि ‘हाम्रो पार्टी’ गठनको तयारी




सिन्धुली, २५ वैशाख । सबैको लागी ज्ञान, काम र सम्मान भन्ने मुल नाराका साथ क्रियाशिल रहेको हाम्रो पार्टीले आज सिन्धुलीमाढीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लामा पार्टी गठनको तयारी गरेको छ । 
उक्त पार्टीका केन्द्रिय अध्यक्ष गणेश र केन्द्रिय सदस्य तुलसी विश्वासको उपस्थितीमा सिन्धुली जिल्लामा हाम्रो पार्टी गठनको बारेमा छलफल तथा सुझाब संकलन गरिएको हो । 
अन्तरक्रियामा अध्यक्ष गणेशले पार्टीको निती तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भई केहि समय अघि देखी सुरु भएको उक्त पार्टीको देशभरका ५२ जिल्लामा सदस्यहरु रहेको र पार्टीले पारदर्शिता र जवाफदेहितामा बृद्धि गरी सबृद्ध समाजको निर्माण गर्ने लक्ष्य लिएको उनले बताएका छन । वर्तमान नेपालका राजनैतिक शक्तिहरुले जनतालाई पिडामाथि पिडा थप्ने काम गरका कारण नयाँ राजनैतिक शक्तिको निर्माणमा आफुहरु लागेको उनले बताए । 
हाम्रो पार्टी प्रगतिशील पुँजिवादी सिद्धान्तमा विस्वास राख्ने संघीय गणतान्त्रिक नेपालको नयाँ राजनीतिक शक्ति रहेको र यस्ले आधुनिक नेपालमा राजनैतिक सस्कारमा परिवर्तनसँगै शिक्षा, स्वास्थ्य, सामाजिक, औधोगीक क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कार्यक्रम अगाडि सारेको हाम्रो पार्टी सिन्धुलीका नेता दिपेश थापाले बताए । 
सवैपक्षसँग बृहत छलफल र सुझाब संकलन पछि जिल्लामा पनि कमिटी गठन गर्ने तयारी भइरहेको बताइएको छ । अन्तरक्रियामा उपस्थित सहभागीहरुले कुरा राम्रा गर्ने तर काम नगर्ने नेपालका राजनैतिक पार्टीहरु देखी जनता हैरान भइसकेका कारण यो पार्टी पनि त्यहि दिशामा लाग्नु नहुने सुझाब दिएका थिए । नेता र पद केन्द्रित राजनीति भन्दा पनि जनता केन्द्रित बनेर राजनीति गर्नुपर्ने सहभागीहरुको जोड थियो । 


,

0 comments

Write Down Your Responses