Powered by Blogger.
यी हुन ८८ वर्षमा पनि कला बेचेर बाच्ने बृद


सिन्धुली, २५ वैशाख । उमेरले ८८ वर्ष नाघिसकेको छ । कपाल र दाह्रि जुंगा फुलेका छन । बुढयौलीपनले पुरै जिन्दगी ढाकिसकेको छ । तर पनि बाल्यकालमा सिकेको आफ्नो जातीय कला बेचेर बाँचिरहेका छन कमलामाई नगरपालिका वडा नं.४ बोझेका कर्ण बहादुर नेपाली । 
विष्ट(आफुभन्दा माथिल्लो जाति)हरुको घरमा पुगेर सनाई बजाएर विगत १६ वर्षदेखी उनले आफ्नो जिवनका अप्ठ्याराहरु धानिरहेका छन । गलामा पुरानो झोला अनि हातमा आफ्नो पन्चेबाजा अन्र्तगत पर्ने एउँटा प्यारो सनाई बोकेर प्रत्येक घरको ढोका नियाल्दै हिडिरहेका नेपालीलाई शुक्रबार कमलामाई नगरपालिकाको रातमाटा क्षेत्रमा भेटियो । 
उनीसँग कुराकानी गर्दा परीवारीक बातावरण र जातका कारण १५ वर्षदेखी सनाई बजाउन सिकेको बताए । उनी रामेछाप खानिगाउँका स्थायी बासीन्दा हुन पछि सिन्धुलीमाढीमा बसाई सरेर आइपुगेका हुन । उमेर हुँदा सम्म उनले कपडा सिलाउने काम पनि गर्थे । कपडा सिलाएर अनि बाजा बजाएर २ भाई छोरा र ३ बहिनी छोरीहरु हुर्काएको र घर परीवार चलाएको उनको अनुभव छ ।
नेपालीले भने, ‘ छोराहरु छुट्टीए, छोरीहरुको विवाह भयो, श्रीमति खसेपछि एक्लै भएँ, काम गर्न सक्दीन त्यसपछि सनाई बजाउँदै हिड्न थालेँ ।’ आज उनी सनाई बजाउँदै हिड्न थालेको १६ वर्ष बितिसकेको छ ।  उनले भने, ‘बुढो मान्छे भनेर सवैले मायाँ गरेर दिन्छन, त्यसैले जिन्दगी गुजारेको छु ।’ दिनको दुईचार सय रुपैयाँ कमाई हुने गरेको र त्यसैको भरमा जिन्दगी चलाउने गरको उनले बताए । 
नेपाली पुराना भाकामा सनाई बजाउन निक्कै जान्ने पनि छन । बुढेसकालले ढाकेका नेपाली आफुले केटाकेटी देखी जानेको कला अनि आफ्नो जातीय पेशाले जिन्दगी गुजारी रहेका छन । उनी माग्छन तर अरुको जस्तो कचौरा थापेर होइन आफ्नो जातले पाएको कला बेचेर माग्छन । परम्परागत गीतहरुको भाकामा सनाई बजाउँछन र विष्टहरुलाई मन्त्रमुग्ध बनाउछन र खुसी प्रदान गर्छन । मनभरि गरीबी र बुढ्यौलीपनको दुख साचेर पनि खुसी र आन्नद प्रदान गर्दै अरुलाई हसाउने यी बृद्ध प्रति बिजयकिल्ला डटकम परीवारको पनि सलाम ।।।


, ,

0 comments

Write Down Your Responses