Powered by Blogger.
माइस्थानमा बस दुर्घट्ना, २३ यात्रु घाइते

सिन्धुली १५, असार । वीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका १० माइस्थानमा बुधबार बिहान बस दुर्घट्ना भएको छ । दुर्घट्नामा परि २३ जना यात्रु घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
घाइते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । काँकडभिट्टाबाट रामेछापको मन्थली तर्फ आइरहेको ना ५ ख ७६८२ नम्बरको यात्रुबाहक बस बुधबार विहान करिव साँढे पाँच बजे दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक उमासंकर पन्जियारले बताए ।
तिव्र गतीमा आएको बस माइस्थान नजीकैको भिरबाट खसेको ढुङ्गामा ठोक्कीएर दुर्घट्ना भएको थियो । बस ढुङ्गामा ठोक्कीएपछि करिब सातमिटर तल धस्रेर कोल्टेको प्रहरीको भनाई छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेका छन् । काकडभित्ताबाट मन्थली तर्फ जादै गरेकाे बस दुर्घटनामा परेकाे हाे । 
घाइतेहरूकाे नामावली 
१) जि.सिन्धुली रानिचुरी ३ बस्ने बर्ष १२ को शुसान्त खड्का,टाउकोमा चोट ।
२) ऐ.ऐ.बस्ने बर्ष ५० को शम्भु खड्का,खुट्टामा चोट ।
३) जि.काठमाण्डौ का.म.न.पा. ४ बस्ने बर्ष २८ को अबिजित कार्कि, नाक र मुखमा चोट ।
४) जि.रामेछाप डोलुवा ७ बस्ने बर्ष ४७ को सोम ब.लामा,सामान्य ।
५) ऐ.ऐ.बस्ने निजको श्रीमति बर्ष ४५ कि साईली लामा,सामान्य ।
६) जि.तेह्रथुम गा.बि.स.ओख्रेल ४ बस्ने बर्ष ४० को याद ब.सुबेदि (प्र.ह.जिप्रका बिराटनगरमा कार्यरत), खुट्टा र टाउकोमा चोट सामान्य ।
७) भारत जि.गुरुङ्गि झारखण्ड गा.बि.स.कल्मुण्ड बस्ने बर्ष ५४ को सोम्रा म्राण्डी, निधारमा चोट सामान्य ।
८) ऐ.एै.बस्ने बर्ष ४५ को लखन म्राण्डि ,निधारमा चोट सामान्य ।
९)भारत जि.गुल्मा गा.बि.स.तुम्जे बस्ने बर्ष ३८ को शंकर थोको ,दाहिने हात र कम्मरमा चोट सामान्य ।
१०) भारत जि.ग्राण्डि गा.बि.स.बलिचालि बस्ने बर्ष ३० को नबोन म्राण्डि, सामान्य ।
११) ऐ.ऐ.बस्ने बर्ष ४० को भैया शरण, सामान्य ।
१२) ऐ.ऐ.बस्ने बर्ष २० को सावना म्राण्डि, सामान्य ।
१३) ऐ.ऐ.गा.बि.स.चकलमुण्डा बस्ने बर्ष २८ को मिथुन हिमराण सामान्य ।
१४) जि.सिन्धुली अमले ३ बस्ने बर्ष ३८ को मिथा बम्जन,नाक र हातमा चोट सामान्य ।
१५) जि.ओखलढुङ्गा बस्ने नर्मदेश्वर बस्ने बर्ष १५ को श्रीकृष्ण श्रेष्ठ, सामान्य ।
१६) जि.दोलखा लाडु ६ बस्ने बर्ष ३० को लाल ब.तामाङ्ग,खुट्टमा चोट सामान्य ।
१७) जि.काभ्रे फुलबारी ३ बस्ने बर्ष ३२ को जोग ब.तामाङ्ग,निधारमा चोट सामान्य ।
१८) जि.दोलखा गोलुङ्ग ७ बस्ने बर्ष ३२ को टिका लामा तामाङ्ग,सामान्य ।
१९) ऐ.लादो २ बस्ने बर्ष ५३ को बिर बहादुर तामाङ्ग,सामान्य ।
२०) जि.सिरहा लहान १ बस्ने बर्ष ६१ को बौधनाथ रौनियार,खुट्टा,निधार र छातिमा चोट सामान्य । 
२१) जि.रामेछाप न.पा. ८ बस्ने बर्ष २३ को बिजय कुमार काफ्ले ,सामान्य (आर्मि हेटौडामा कार्यरत) ।
२२) जि.रामेछाप पोखरवास ५ बस्ने बर्ष ३० को राम ब.रोक्का, सामान्य (हेटौडामा कार्यरत आर्मि ) ।
२३) जि.सि.पा.माङ्खा ६ बस्ने बर्ष २१ को सन्तोष नेपाली,सामान्य (सशस्त्रको जवान बर्दिबासमा कार्यरत ) ।
श्राेत जिल्ला प्रहरी कार्यालय सिन्धुली 


0 comments

Write Down Your Responses