Powered by Blogger.
सडक आयोजनाहरु सकिन नपाउँदै पहिरोमा परीणत



बुद्धकुमार आछामी
सिन्धुली, १६ असार । दिगो विकासको सोच नहुँदा जिल्लामा सञ्चालन गरिएको अधिकाश सडक आयोजनाहरुको काम सकिन नपाउँदै पहिरोमा परीणत भएका छन । करोडौ लगानीमा खनिएका दर्जनौं सडकहरु बर्खायामको सुरुसँगै पहिरोमा परीणत बन्दै गएका हुन । 
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत झण्डै १३ लाख लगानीमा खनिएका हैबारगाउँ कालढुंगा देउरालीटार सडक, डुडभञ्ज्याङ्ग कुडुले ज्यामिरे सडक, महादेवडाडा पाथिभारा आरुबोट सालुके रत्नावति सडक, झण्डै १८ लाख लगानीमा खनिएका पोखरी निगुरेखोला, धमिनी खोर्सानी भञ्ज्याङ्ग सडक, खाङ्गसाङवेसी देखी गाइखुरा भञ्ज्याङ्ग सम्म खनिएका सडकहरु बर्खायामको सुरुवात सँगै पहिरोमा परीणत भएका छन ।

यी जस्तै जिल्ला भरिका अधिकाशं सडकहरु मेसिनको प्रयोग गरी जथाभावि खनिएका कारण बर्खा सँगै पहिरोमा परीणत हुँदै गएको स्थानीयहरु बताउछन । नयाँ खनिएका सडकहरुमा सवारीसाधन चल्न सक्ने अवस्था छैन । आर्थिक वर्षको अन्तिममा रकम सक्न खनिएका सडकहरु जिल्ला विकास समितिबाट अन्तिम किस्ता रकम निकाशा नपाउँदै पहिरोमा परिणत हुँदा स्थानीय उपभोक्ताहरु भने दुखीत हुँदै गएका छन । 


,

0 comments

Write Down Your Responses