Powered by Blogger.
मंसीरमा जसरी पनि स्थानीय निकायको निर्वाचन हुन्छः रक्षा मन्त्री



सिन्धुली २१, जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा रक्षामन्त्री भिम रावलले आगामी मंसीरमा जसरी पनि स्थानीय निकायको निर्वाचन हुने बताउँदै कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन । 
नेकपा(एमाले) सिन्धुलीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सिन्धुलीमाढी आइपुगेका मन्त्री रावलले स्थानीय निकाय जनप्रतिनिधी विहिन हुँदा देशले गति पाउँन नसकेको बताउँदै केपी ओली नेतृत्वकै सरकारले मंसीरमा जसरी पनि स्थानीय निकायको चुनाव गराउने बताएका हुन । 
मन्त्री रावलले कसैले हल्ला गर्दैमा सरकार परिवर्तन नहुने बताउँदै यहि सरकारले नै देशलाई अग्रगमन तर्फ लाने दावि समेत गरे । उनले भने, ‘नेकपा माओवादी केन्द्रसँग भएको भद्र सहमती अनुसार अब प्रचण्ड नेतृत्वमा सरकार बन्ने कुरा हल्ला मात्रै हो । एमालेको सरकार जनताको सरकार हो । एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले कसले के हल्ला गर्छ त्यसकै पछि कुद्दैन् । तपाईहरु ढुक्क हुनुहोस कम्तीमा स्थानीय निकायको निर्वाचन नभए सम्म यहि सरकार रहन्छ ।’ 
बजेट र संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउँदै रावलले भने, ‘हामीले नेपाली जनतको मर्म बुझेर बजेट ल्याएका छौं । निति तथा कार्यक्रम र बजेट जनताको इच्छा, चाहान र आवश्यकता पुरा हुने गरी ल्याएकोले त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसकारण पनि सरकार अरुको नेतृत्वमा भन्ने कुरा एमालेले सोचेकै छैन् । हाम्रो पार्टी र माओवादी केन्द्रसँग भएको नौं बुँदे सहमतिमा सरकार परिवर्तनको सम्झौता भएको हल्ला मात्र हो ।’ 
अर्को एक प्रसंगमा रक्षामन्त्री रावलले नेपालमा शान्ति सुरक्षालाई मजबुद बनाउन अहिले सरकारले विशेष सुरक्षा निति बनाएर अघि बढेको बताए । 
सरकारको निति तथा कार्यक्रम प्रति चर्को अलोचना गरीरहेको कांग्रेसलाई लक्षीत गर्दै रावलले निती तथा कार्यक्रम र वजेट जनताको इच्छा, चाहान र आवश्यकता पुरा हुने गरी ल्याईएकोमा काग्रेसले अहिले छुच्याई गरेको आरोप लगाए । ‘आफुले सरकारमा रहदा राम्रा काम नगर्ने र अरुले गरेको पनि देख्न नसक्ने कंग्रेसको प्रबृत्ति जनताको घातक भएको छ, यो कांग्रेसको छुच्याँइमात्र हो,’ उनले भने ।  जनताको आवश्यकता पुरा गर्न एमाले र अहिलेको सरकार लागि परेकाले काग्रेसले विरोध गर्नुको कुनै अर्थ नभएको पनि उनले बताए । 
रक्षामन्त्री रावलले भुकम्प पिडितहरुको आवास निर्माणका लागि सरकारले तत्काल अनुदान वितरण गर्ने कार्यलाई अगाडि बढाउने समेत बताए । वर्षा अघिनै पिडितहरुलाई रकम वितरण सम्पन्न गर्न सरकार लागि परेको जनाउँदै भुकम्प पिडितलाई आवास निमार्णको २ लाख दिने कार्यको थालनी अहिलेको सरकारले नै सुरु गरेकोले पिडितको तथ्याङक संकलनमा भएको त्रुटी सच्याउन सरकार लागि परेको रावलले जनाए । 


, ,

0 comments

Write Down Your Responses