Powered by Blogger.
चुनौतीहरुको सामना गर्न राष्ट्रिय सरकारको आवश्यक ः बादल


बुद कुमार अाछामी
सिन्धुली, २२ जेठ । नेकपा(माओवादी) केन्द्रका नेता राम बहादुर थापा(बादल)ले देशको बर्तमान समस्याको समाधान र चुनौतिहरुको सामना गर्न बहुमतको होइन राष्ट्रिय सहमतिको सरकार आवश्यक्ता रहेको बताएका छन । 
प्रेश सेन्टर नेपाल जिल्ला शाखा सिन्धुलीले सनिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले भने, ‘राष्ट्रिय अखण्ड्ताको रक्षा, ऐतिहासीक संविधानको कार्यान्वयन र पुर्ननिर्माणको कामलाई अगाडि बढाउन देशमा राष्ट्रिय सरकारको आवश्यक्ता छ ।’ राष्ट्रिय सरकारले मात्र बर्तमान चुनौतीहरुको सामना गर्दै देशलाई अग्रगमन तर्फ लैजान सक्ने उनको भनाई थियो । 
नेता बादलले नेकपा(एमाले)सँग राष्ट्रिय सरकार निर्माणकै सन्दर्भमा नौ बुँदे सहमति भएको बताउँदै राष्ट्रिय सहमतिको सरकार नेकपा(माओवादी) केन्द्र कै नेतृत्वमा बनाउने प्रयास भईरहेको समेत खुलासा गरे । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दावि गर्नु स्वभाविक रहेको समेत उनको भनाई थियो ।
नेकपा(माओवादी) धाराका विभिन्न् १० शक्तिहरुको एकतापछि पहिलो पटक सिन्धुलीमाढी आइपुगेका नेता बादलले राष्ट्रि स्वाधिनताको रक्षा र जनअधिकार प्राप्तीका लागी पार्टीहरु वीच एकता भएको बताए । उनले भने, ‘एक्लै रहेर जनताको अपेक्षा र दायीत्व पुरा गर्न सकिएन, त्यसैले नेपाली क्रान्ति पुरा गर्दै विश्व क्रान्तिमा समेत योगदान पुरयाउन माओवादी शक्तिहरुको एकता भएको हो ।’ छरिएर रहेका क्रान्तिकारी शक्तिहरुको एकता गर्दै चाडै एकता महाधिवेशन गरी क्रान्तिकारीहरुको दुरगामी यात्रालाई ब्यवस्थित गर्न नेकपा(माओवादी) केन्द्र लागीररहेको र चाडै आफुहरुको पार्टी व्यवस्थित हुने समेत उनको भनाई थियो । 
त्यस्तै पत्रकार भेटघाट कार्यक्रममा उपस्थित नेता नारायणकाजी श्रेष्ठले जनयुद्ध, जनआन्दोलन र विभिन्न् राजनैतिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्ने कार्ययोजनाका साथ कम्युनिष्टहरु वीचको एकतालाई अगाडि बढाइएको बताए । 
उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, राष्ट्रि स्वाधीनतको रक्षा गर्ने र प्राप्त उपलब्धीहरुलाई सस्थागत गर्दै अगाडि बढ्ने काम नै अहिलेको मुख्य काम हो ।’ क्रान्तिका उपलब्धीहरुलाई रक्षा र संस्थागत गर्दै बाँकी कार्यभार पुरा गर्नका लागी नेकपा(माओवादी) केन्द्रको निर्माण गरिएको नेता श्रेष्ठको भनाई थियो । नेकपा(एमाले) नेतृत्वको सरकारले ल्याएको बजेटको सन्दर्भमा बोल्दै श्रेष्ठले भने, ‘बजेट मुलभुत रुपमा जनमुखी र सकारात्मक छ तर कार्यान्यवन चुनौतीपुर्ण छ ।’ बजेट जनमुखी भएपनि कार्यान्वयनको पक्षले त्यसको सुन्दरता देखिने उनको भनाई थियो । 
नेता बादल र श्रेष्ठ वीचको मर्यादा विवादको सन्दर्भमा पत्रकारहरुले सोधेको जिज्ञासामा जवाफ दिर्दै नेता नारायणकाजी श्रेष्ठले आफुहरु वीच पदीय मर्यादाको विवाद नरहेको समेत बताए । कम्युनिष्ट पार्टीमा पद कार्यविभाजन भएकाले खासै समस्या नरहेको उनको भनाई थियो ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा(माओवादी) केन्द्रका कार्यालय सदस्य तिलक परीयार, जयपुरी घर्तिमगर, सिचाई मन्त्री उमेश यादव लगायत नेताहरुको उपस्थिती रहेको थियो । उनीहरु प्रदेश नं.२ को कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन काठमाडौबाट महोत्तरीको बर्दिबास तर्फ हिडेका हुन ।   






, ,

0 comments

Write Down Your Responses