Powered by Blogger.
लंगुरखोला मधुगंगा महादेवमा भक्तजनको घुइचो



सिन्धुली, ४ श्रावण । महिनाको पहिलो सोमबार हिजोबाट बोलबम मेला सुरु भएको छ । बोलबम मेलाको सुरुसँगै सिन्धुलीको  पवित्र तीर्थस्थल हत्पतेको लंगुरखोलामा रहेको मधुगंगामहादेब लगायत जिल्लाका विभिन्न शिवालयहरुमा भक्तजनको घुइचो बढेको छ । 
महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाउनुका साथै दर्शन गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको मधुगंगा महादेव लगायत विभिन्न स्थानमा रहेका महादेवको मन्दिरमा सोमबार भक्तजनहरुको घुइचो लागेको थियो ।
श्रावण महिनामा विशेषत महिलाहरू हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । शिवको पूजाआराधना गरे आफ्नो  मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास छ । मेलामा साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । 
विषेश गरी साउन महिनामा मधुगंगा महादेव मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने, पापहरु नष्ट भएर जाने तथा शुख शान्ति मिल्ने धार्मिक विस्वास रहिआएको छ । साउन महिना भर प्रत्येक सोमबार लाग्ने उक्त मेलामा सिन्धुली लगायत छिमेकी जिल्लाहरु महोत्तरी, सर्लाही, रौतहट, धनुषा, सप्तरी, सिरहा लगायत देशका विभिन्न स्थानहरु भक्तजनहरु आउने गर्दछन भने उक्त मन्दिरमा दर्शनको लागि भारतको सितामढी, सुरसन र बिहारबाट समेत भत्तजनहरु आउने गरेको मन्दिरका पुजारी लोकबहादुर थापामगरले बताए  । मधुगंगा महादेब मन्दिरमा शिबरात्री, श्रिपञ्चमीमा पनि धुमधामका साथ मेला लाग्ने गर्दछ ।


,

0 comments

Write Down Your Responses