Powered by Blogger.
सिन्धुलीमा ट्राइफोलिएट फलेपछि जुनार किसान खुसी

नबिनबाबु अधिकारी
सिन्धुली, ४ साउन । सिन्धुलीका जुनार किसानहरुले जिल्लामै पहिलो पटक ट्राइफोलिएट फलाएका छन् । विगत केही बर्ष देखी जुनार किसानले ट्राइफोलिएट लगाएपनि यस बर्ष फललाएका हुन् ।
ट्राइफोलिएट एक जंगली वनस्पती हो । सिन्धुलीमा ट्राइफोलिएट नपाएपछि किसानहरुले केही बर्ष अघी ६ सय रुपैँया तिरेर एक किलो दाना ल्याई ट्राइफोलिएट रोपेको जुनार किसान दिपक थापाले बताउनुभयो । खुसी हुदै उहाँले भन्नुभयो “अव पहिलो पटक ट्राइफोलिएट फलेको छ, यसले हामीलाई जुनार वेर्ना उत्पादन गर्न ठुलो सहयोग पुरयाउने छ । जुनारका वेर्ना गुणस्तरीय र स्वस्थ बनाउन ट्राइफोलिएटले सहयोग पुरयाउछ अव हामीले माग अनुसार जुनारका वेर्ना तयार गर्नेछौ ”
केही बर्ष अघि हामी ९ जना किसानले किर्तिपुरबाट प्रति केजि ६ सयका दरले ट्राइफोलिएट किनेर ल्याएका थियौ, यस बर्ष ट्राइफोलिएट फल्दा निक्कै खुसि लागेको अर्का जुनार किसान राजकुमार थापाले बताउनुभयो । अव वेर्ना तयार गर्न दुःखका दिन गएको थापाको भनाई छ । 
जुनारका वेर्ना तयार गर्दा वेर्नाको जरा मजबुद नहुदा विरुवा नफस्टाउने, मर्ने, रोग लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारका जरा मजवुद बनाउन विभिन्न खोज तथा अनुसन्धान गरिएपनि समस्याको समाधान हुन नसके पछि ट्राइफोलिएटलाई एक विकल्पको रुपमा लिएको कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताउनुभयो ।
ट्राइफोलिएटका दाना बाट विरुवा उमार्ने, विरुवा हुर्किसकेपछि त्यसमा जुनार सुन्तलाको कलपि गर्दा जुनार र सुन्तलाको वोट धेरै समय सम्म टिकाउ हुने मण्डलले बताउनुभयो । अहिले जुनारको जरामा समस्या देखीदा किसानमा चिन्ता थपिएको भन्दै मण्डलले अव ट्राइफोलिएटबाट उत्पादन भएका जुनारका वेर्ना रोपे किसानले उक्त समस्याबाट मुक्ती पाउने बताउनुभयो । 
जुनार सुन्तलामा अमिलो पन बढेको, गुलियो पन हराउदै गएको लगाएतका समस्या देखा पर्दा बजारमा समेत नराम्रो प्रभाव पर्ने भएकाले यो विधि अप्नाइएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । स्वस्थ र निरोगी विरुवा तयार नहुँदा सम्म किसानलाई सधै समस्या पर्ने भन्दै अव सिन्धुलीमा यस्ता समस्याको समाधान हुने कार्यालयको अपेक्षा रहेको छ ।
ट्राइफोलिएटका दाना विक्रिका हिसावले पनि निकै आयमुलक र जुनार व्यवसायमा फाईदा पुग्ने अपेक्षा वोकेका किसानलाई यस बर्ष फलेको ट्राइफोलिएटले निकै खुसी बनाएको छ । एक बोटमा अहिले १२ किलो सम्म उत्पादन भएको र दाना विक्रि बाट मात्रै झण्डै ८ हजार आम्दानी हुने किसान बताउछन् । किसानका अनुसार ट्राइफोलिएटको एक दाना बाट ६० वटा सम्म स्वस्थ, निरोगी विरुवा तयार गर्न सकिने छ । 


, ,

0 comments

Write Down Your Responses