Powered by Blogger.
ग्रामीण लघु जलविद्युतले फेरिदै महिलाहरुको जीवन

राजन गाउँले
सिन्धुली, ५ श्रावण । आज भन्दा छ महिना अघि सम्म भालेको डाँकसंगै जाँतो पिस्नु पोखरी–३ लुम्ती ३५ वर्षिया खिनाकुमारी पहाडीको दैनिकी थियो । उज्यालो हुँदा एक डालो सामल परमपरागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उनको हात पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालीसकेको थियो । त्यतिमात्र हैन् पहाडीलाई साँझ विहान सलेदोको टुकीकै उज्यालोमा धुवामा खान पकाउने लगायतका घरधन्दा गर्नु पर्ने बाध्यताले उनको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको थियो । तर, हिजोआज पहाडीको दैनिकीसंगै जिवनस्तर समेत फेरीएको छ । गाउँमा स्थानीयकै पहलमा ग्रामिण लघुजलविद्युत संचालन पछि घरमा विजुली बक्ती जडान गर्दै बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा आधुनीक प्रविधिको विद्युतीय मिल संचालन तथा सुधारीएको चुलो निर्माण गरेपछि  पहाडीको दैनिकीमा परिर्वतन आउँन थालेको हो । 
गाउँमा बत्ति बलेपछि मेरो जिवनमा पनि उज्यालो छाउँदै गयो, पहाडीले भनिन्, ‘अहिले आधारातमै उठेर जाँतो पिस्नुपनी पर्दैन । घरमा विजुली बत्ति जोडेकी छु । सुधारीएको चुलो बनाएपछि धुवामा बसेर घरभित्रको काम पनि गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।’ गाउँमा सुधारीएको नविकरणीय उर्जा प्रविधिको प्रयोगले समयको बचतसंगै आम्दानी समेत हुन थालेको उनी बताउँछीन् । ‘घरभित्रको धुवाले खोकी लाग्ने, दम बढ्ने समस्या हुन्थ्यो । जाँतो पिस्दा ढाडकम्बर दुःख्ने समस्या हुन्थ्यो । तर, घरमा विद्युत जडानपछि परम्परागत कामहरुमा आधुनीकीकरण गरेका छौं । यसले धेरै फाइदा पुगेको छ,’ उनले भनिन् ।
उनले आफ्नो परिवारमा यस्तो परिवर्तन ल्याएको छ महिना भयो । श्रीमानको सहयोगमा यो सबै गरेकी हुन । विद्युतबाट सञ्चालन हुने पिसानी मिलबाट आफ्नो मकै कोदो पिस्नलाई सझिलो हुनुका साथै अरुको पिस्दा समेत आम्दानी हुन थालेको उनी बताउँछीन् । मेसीनबाट काम गर्दा स्वास्थ्यमा समेत सुधार आएको छ । धुवाँमा बस्नु पर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने दम बढ्ने आँखा दुख्ने जस्ता समस्या पनि कम हुँदैे गएको छ । उनलाई मिल संचालन गर्न बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रले अनुदान सहयोग समेत गरेको छ ।
पहाडीको मात्र हैन् पछिल्लो समय जिल्लामा नविकरणीय उर्जा प्रविधिहरुको जडानले महिलाहरुको जनजिविकामा परिवर्तन आउन थालेको छ । जिल्लामा सञ्चालनमा आएका लघु जलविद्युत, सुधारीएको चुल्हो, साना जलविद्युत, सुधारीएको पानी घट्ट, साना घरेलु सौर्य उर्जा प्रणाली, घरेलु वायोग्यास प्लान्ट लगायतका नविकरणीय उर्जा प्रविधिको प्रयोगले महिलाहरुको जिविकामा परिवर्तन आउनुका साथै समयको बचत र खर्चमा नयुनिकरण समेत हुन थालेको हो । ग्रामिण जलविद्युतले आफ्नो जस्तो गाउँका प्रायःसबै घरभित्रको घरधन्दा गर्ने महिलाहरुको दैनिकीमा परिवर्तन ल्याएको पहाडी बताउँछीन् ।
जिल्लामा पछिल्लो समय नविकरणीय उर्जा प्रविधिको प्रयोग गर्नेहरुको संख्यामा बृद्धि भएसंगै महिला तथा बालबालिकाहरुको स्वास्थ्यमा सुधार आउनुका साथै समयको बचत र आमदानीको स्रोत समेत बन्न थालेको हो । 
सुधारिएकाे चुलाे बनाउन तालिम लिदै सिन्धुली दुधाैली नगरपालिकाकी महिला । 
जिल्लामा हालसम्म ४५ प्रतिशत घरधुरीमा नविकरणीउ उर्जा प्रयोग गरिएको छ । जिल्लाको कुल ५७ हजार ७ सय घरधुरीमध्ये २५ हजार ९ सय २९ घरधुरीमा नविकरणीय उर्जा प्रयोग गरीएको जिल्ला विकास समिति सिन्धुलीको एक अध्ययनले देखाएको छ । उनिहरुले ग्रामिण स्तरमा लघुजलविद्युत, सुधारीएको पानी घट्टा विद्युतीकरण, घरेलु सौर्य विद्युत प्रणाली, साना घरेलु सौर्य विद्युत प्रणालीबाट विद्युत उत्पादन गरी, बत्ती बाल्ने, विभिन्न घरेलु उद्योगहरु, मेसीनहरु सञ्चालन गर्दै दैनिक कार्यमा मेसीनद्धार सञ्चालन गरी सुविधा लिन थालेको जिविस अन्तरगत उर्जा तथा वातावरण शाखा सिन्धुलीका प्रमुख सन्दिप उपाध्याय बताउँछन् । उनका अनुसार जिल्लामा २० हजार ९ सय ५३ घरपरिवार भने राष्ट्रिय प्रशारण लाइनमा जोडी सकेका छन् । 
‘बैकल्पीक उर्जाको ब्यवस्था नहुँदा परम्परागत शैलीमै दैनिकी चलाउँनु पर्दा स्वास्थ्यमा समस्या आउनुका साथै, समय र लगानीमा समेत खर्च बढ्ने गरेकोमा नविकरणीय उर्जाका कारण हिजोआज खर्चको बचत हुनुका साथै स्वास्थ्यमा समेत सुधार आउन थालेको छ,’ उपाध्यायले भने । उनका अनुसार यसबाट सबभन्दा धेरै महिला तथा बालबालिका र वृद्धवृद्धाहरुलाई फाइदा पुगेको छ । बैकल्पीक नविकरणीय उर्जा प्रविधिले परम्परागत चुलोमा खाना पकाउन दैनिक दाउरा संकलन गर्नु पर्ने, ढीकी जाँतो चलाउनु पर्ने, दियालो खोटो, तथा मट्टी तेलमा सलेदोबाट बत्ती बाल्नु पर्ने, घरभित्र धुवामा गुम्सेर घरधन्दा गर्नुपर्ने बाध्यतालाई दुर गरेको उनको पनि दावी छ । सरकारले सञ्चालन गरेको घरभित्रको घुवामुक्त गाविस घोषणा अभियान अन्र्तगत सिन्धुलीका तिन गाविस अमले, भुवनेश्वरी र वितिजोर गाविस घोषणा भइसकेका छन । 
उता यस्ता घरभित्रका कामहरुमा प्रायः महिलाहरुलेनै गर्नु पर्ने बाध्यता हुने भएकाले बैकल्पीक नविकरणीय उर्जाको प्रयोगले महिलाहरुको जिविका निर्वाहमा परिवर्तन ल्याउन मद्धत पु¥याउने ग्रामिण प्रविधि केन्द्र (सिआरटी)की डा.इन्दीरा शाक्य बताउँछिन् । धुवाका कारण विश्वमा प्रति विस सेकेन्डमा एक जनाको ज्यान जाने गरेको तर्क गर्दै उनले भनिन्, ‘घरभित्रको धुवामा गुम्सेर घरधन्दा गर्ने धेरैजसो महिलाहरु भएकाले त्यसको असरमा महिलाहरुनै पर्ने गरेका छन् । तर, पछिल्लो समय नविकरणीय उर्जाको प्रयोगमा बृद्धि आएसंगै नेपालमा भने महिलाहरुको जिविको पार्जनमा सकारात्मक प्रभाव पर्दै जान थालेको छ ।
जिल्लामा बैकल्पीक उर्जाको प्रयोगले महिलाहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने चिकित्सकहरु समेत बताउँछन् । घरभित्र र बाहीरको काम, धुवाँले महिला, बालबालिका तथा गर्भवती र सुत्केरी आमाहरुमा गम्भीर प्रकारका समस्याहरु देखा पर्नेगरेको विभिन्न अध्ययनहरुले देखाएको भन्दै बैकल्पीक उर्जाको प्रयोगले सुधार ल्याउने उनिहरुको तर्क छ । जिल्लामा लघु जलविद्युतबाट तिन हजार २ सय ३३, सुधारीएको पानी घट्टाबाट १८ हजार १ सय ५६ घरधुरी, साना घरेलु सौर्य उर्जा प्रणालीबाट १ सय ३९ घरधुरी, सामुदायिक सौर्य विद्युत पम्पबाट  दुई सय २१ घुरधुरी, घरेलु बायोग्यास प्लान्टबाट ८ हजार ३ सय ९६ घरधुरी, सुधारीएको चुलोबाट १३ हजार ५ सय ७२घरधुरीका महिलाहरुको जनजिविकामा सुधार ल्याएको जिविस सिन्धुलीले जनायो । 


, ,

0 comments

Write Down Your Responses