Powered by Blogger.
जिल्ला प्रहरी कार्यालयको नागरीक सुनुवाई

नेता भन्छन, ‘कानुन सबैलाई लाग्नु पर्छ ।’ प्रहरी भन्छ, ‘राजनैतिक दवाब छ ।’

बुद्धकुमार आछामी
सिन्धुली, १८ असार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आफुले पछिल्लो तिन महिनाको अवधीमा सम्पादन गरेको सेवा र उक्त सेवा प्रति नागरीकको सुझाब र प्रतिक्रियाको सुनुवाई गर्दै मुस्कान सहितको प्रहरी सेवालाई अझ प्रभावकारी बनाउर्दै संघीय गणतन्त्रलाई सुदृढ गर्ने उदेश्यले सनिबार सिन्धुलीमाढीमा नागरीक सुनुवाई कार्यक्रम सम्पनन् गरेको छ । 
समाजसेवी तथा सामुदायीक सेवा केन्द्रका अध्यक्ष राम बहादुर हायूको अध्यक्षतामा भएको नागरीक सुनुवाई कार्यक्रममा सहभागी नेताहरुले कानुनको पालना गराउने निकायले नै कानुन उल्लंघन गरेको र वेवास्ता गरेको बताउँदै सवैलाई कानुन लाग्नु पर्ने र कानुनी दायरामा सवैलाई ल्याउनु पर्ने बताएका छन भने प्रहरी कार्यालयले कानुनको कार्यान्वयन गर्दा राजनैतिक दवाव आउने गरेको बताएका छन । 
नागरीक सुनुवाईमा भाग लिन पुगेका नेकपा(एमाले) सिन्धुलीका उपाध्यक्ष प्रलाद पोखरेलले जिज्ञाशा राख्दै शुसासनको नारा लगाउने तर व्यवाहारमा कार्यान्वयन नगर्ने प्रबृत्ति बढ्दै गएको बताए । उनले नागरीकको सेवा गर्ने प्रहरी निरीक्षक आफै दिउसै मदिरा खाएर बसेको उल्लेख गर्दै कानुन सवैलाई उत्तिकै लाग्नु पर्नेमा जोड दिए । 
पोखरेलले बजारमा अखाद्य बस्तु विक्रि भईरहेको, नुन, चिनी बिक्रि गरे जस्तो औषधी विक्रि भईरहेको, टेलिकमका हाकिमले निजी कम्पनिको आर्थिक प्रलोभनमा परी गुणस्तरीय सेवा प्रदान नगरेको, ग्रामीण क्षेत्रमा जुवा तास रोकिन नसकेको बताउँदै सवैलाई प्रहरीले कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने बताए । 
बजारमा अखाद्य बस्तुको विक्री र कालाबजारी मौलाई रहदा प्रशासन भने मौन बसेको र बजारको अनुगमन गरी नियमन गर्न नसकेको उनको आरोप थियो । 
नेता पोखरेल जस्तै दर्जनौ सहभागीहरु सरकारी कार्यालयले गरेका सकारात्मक कामको प्रसंशा गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला बन कार्यालय र जिल्ला विकाससँग सम्बन्धीत जिज्ञासा तथा सुझाबहरु प्रस्तुत गरेका थिए । 
सहभागीहरुको जिज्ञासाको जवाफ दिर्दै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले देशलाई सबृद्धि तर्फ लान कर्मचारी प्रशासन, राजनैतिक दल र नागरीक सवै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । प्रजिअ कार्कीले भने, ‘विकास गर्न नदिने, विरोध मात्र गर्ने प्रबृत्तिले देशलाई सबृद्धि तर्फ लादैन ।’ ‘विकास विरोधीहरुको अराजकतालाई सरकार हेरेर बस्न सक्दैन,’ कार्कीले भने । 
प्रजिअ कार्कीले विपी मार्गमा चल्ने यातायातका साधनको भाडादर सरकारले तोकेबमोजिम कार्यान्वयन हुने र कार्यान्वयन नगर्ने यातायात व्यवसायीलाई कार्वाही गरिने बताउँदै भने, ‘ब्यवसायीहरुले गोलमोटोल कुरा गरेर अझै पनि भाडादर कार्यान्वयन नगर्ने सोच राखिरहेका छन, अब जसरी पनि भाडादर कार्यान्वयन हुन्छ, कानुनको पालना नगर्नेहरुलाई कानुनले नै दण्ड सजाय दिन्छ ।’ 
त्यस्तै कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक उमासंकर पंजीयारले प्रहरी जहिले पनि सत्य सेवा सुरक्षणमको नारा बोकेर कार्यक्षेत्रमा खटिरहेको बताउँदै प्रहरी सेवा लिन बिचौलीयाको प्रयोग नगर्न सेवाग्राहीहरुलाई आग्रह गरे । उनले भने, ‘प्रहरी जहिले पनि नागरीकको सेवा गर्न हाजिर छ, बिचौलियाको प्रयोग गरिरहनु पर्ने कुनै आवश्क्ता छैन ।’ कानुन अनुसार काम गर्दा पनि प्रहरी माथि राजनैतिक दवाव आउने गरेको बताउँदै पंजीयारले राजनैतिक दबावलाई बन्द गरी निष्पक्ष रुपमा काम गर्ने अवसर दिन समेत आग्रह गरे । 
प्रहरी उपरीक्षक पंजीयारले तीन महिनाको अवधीमा प्रहरी कार्यालयले बषौ देखी अबरुद्ध खिम्ती ढल्केबर २२० केभि प्रशारण लाईनको काम सुरुवात, विपी राजमार्ग २४ सै घण्टा सवारी आवागमनको सुरुवात र दुर्घटना न्यूनिकरणका लागी टाइम कार्डको सुरुवात, सडक सुरक्षालाई उच्च प्राथामिकतामा राख्दै ट्राफिक व्यवस्थापन र जनचेतना, माढीबजारको सुरक्षाको लागी सीसी क्यामेरा जडानको तयारी लगायतका कार्यहरु भएको समेत नागरीक सुनुवाई कार्यक्रममा जानकारी गराएका थिए । 
त्यस्तै जिल्ला बन कार्यालय सिन्धुलीका प्रमुख नविन गीरीले विकासको नाममा बन बिनासलाई रोक्न आग्रह गर्दै बातावरणीय प्रभाव मुल्याङकन बिना जथाभावि खनिएका सडकहरुका कारण भएको बन विनासलाई रोक्न कार्यालयले कार्वाही प्रक्रिया अगाडि बढाउने र यस्का लागी राजनैतिक दल, जिविस र स्थानीय निकायको सहयोगको आवश्यक्ता रहेको बताए ।


,

0 comments

Write Down Your Responses