Powered by Blogger.
सिन्धुली काग्रेसले मनायो गिरिजाको ९३औ जन्मजयन्ती

निस्वार्थ भएर संगठनमा लाग्नु पर्छ ः बराल

राजन परीयार
सिन्धुली १८, असार । नेपाली काग्रेस सिन्धुलीले सनिबार सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजना गरी आफ्ना पार्टीका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ९३औँ जन्मजयन्ती मनाएको छ । 
नेपाली काँग्रेस सिन्धुलीका सभापती उज्वल प्रसाद वरालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद मोहन प्रसाद बरालले पार्टिका सम्पुर्ण कार्यकर्तालाई आफ्नो चरित्रमा परिवर्तन गर्दै निस्वार्थ भएर संगठनमा लाग्न आग्रह गरेका छन । पार्टिभीत्र विभिन्न् गुटउपगुट हुँदा ठुलो असर परेको बताउँदै बरालले देशको आवश्यकता अनुसार सवै एकजुट भएर अगाडी वढ्नु पर्ने वताए । 
संसार वदल्न आफैबाट सुरु गर्नुपर्छ भन्ने उक्ति जस्तै आजैबाट आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर र गीरीजा बावुले देखाएको मार्गदर्शक सिद्धान्तलाई पक्रिएर अगाडी वढ्न समेत सांसद बरालले कार्यकर्ताहरुलाई आग्रह गरे । 
कार्यक्रममा नेपाली काँग्रेस पुर्वसभापती रगंराज खतिवडा, जिल्ला कार्य समिति सदस्य तथा क्षेत्र नं.१ का महासमिति सदस्य प्रेमचन्द्र दाहाल, जिल्ला नेता माणिक ढकाल, महासमिति सदस्य खड्ग वाईवा, जिल्ला कोषाध्यक्ष गोविन्द पहाडी, जिल्ला सदस्य उपेन्द्र पोख्रेल, जिल्ला सदस्य कृष्ण प्रसाद दहाल,  दिपक मिश्र, सरद आचार्य, क्षेत्र नं.१ का सभापती कर्ण व. थापा, महिला संघ सभापती गंगा दाहाल, नेत्री शुशिला थिङ्ग लगायतले कोइरालाको त्याग र संर्घषको चर्चा गरेका थिए ।
नेपाली राजनैतिक आन्दोलनमा नेपाली काग्रेसलाई स्थापित गराउनका लागी महत्वपूर्ण भुमीका निर्वाह गरेका कोइरालाको वि.सं १९८१ असार १८ गते जन्म भएको थियो । उनले काग्रेसको सभापति र देशको प्रधानमन्त्रीको भुमीका समेत निर्वाह गरिसकेका थिए भने १० वर्षे माओवादी शसस्त्र युद्धलाई शान्तिपूर्ण अवतरण गर्न समेत उत्तिकै भुमीका निर्वाह गरेका थिए । 
साथै कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल महिला संघ सिन्धुलीले जिल्ला अस्पतालमा रहेका ३० जना विरामीहरुलाई फलफुल वितरण गरेको थियो । 


,

0 comments

Write Down Your Responses