प्रेश सेन्टर ३ नं.प्रदेश एकता भेला सम्पनन्

काठमाडौं, १५ श्रावण । नेकपा(माओवादी केन्द्र) निकट पत्रकारहरुको सगठन प्रेश सेन्टर नेपाल प्रदेश नं.३ को एकता भेला सनिबार काठमाडौमा सम्पनन् भएको छ ।
भेलाले उपेश महर्जनको संयोजकत्वमा १७ सदस्यीय प्रदेश कार्यालय तथा १ सय १ सदस्यीय प्रदेश सम्मलेन आयोजक समितिको निर्माण गरेको छ । सिन्धुलीबाट प्रेश सेन्टरको प्रदेश कार्यालय सदस्यमा केन्द्रिय सदस्य विनोद रायमाझी चयन भएका छन भने सम्मेलन आयोजक समितिमा केन्द्रिय सदस्यहरु मिनकुमार दाहाल, प्रमोद दाहाल, नबराज दाहाल, राजन गाउँले, बुद्धकुमार आछामी रहेका छन ।
प्रेश सेन्टर नेपाल केन्द्रिय कार्यालयका लक्ष्मण खड्काको अध्यक्षतामा भएको भेलालाई नेकपा(माओवादी केन्द्र)की प्रबक्ता पम्फा भुषाल, पत्रकार महासंघका उपाध्यक्ष खिला बहादुर भण्डारी, प्रेश सेन्टर नेपाल केन्द्रिय कार्यालयका बलराम थापा, विष्णु सापकोटा, राजु लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
भेलाले आगामी १५ दिनभित्र जिल्ला सम्मेलन तथा प्रदेश सम्मेलन सम्पनन् गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
0 comments
Write Down Your Responses