Powered by Blogger.
सिन्धुलीमा विद्यार्थीलाई बालसैनिक तालिम


राजन गाउँले
सिन्धुली २३, साउन । जिल्लाका विद्यार्थीहरुलाई बाल सैनिक तालिम दिन थालिएको छ । जिल्लामै पहिलो पटक यहाँका एक सय ८ जना विद्यार्थीलाई विद्यालय भित्रै सैनिक तालिम गराउन थालिएको हो । 
नेपाली सेना अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) भद्रकाली काठमाण्डौंले जिल्लाका भगवती उमावि, सिद्धस्थली उमावि र गौमती उमाविका विद्यार्थीहरुलाई यस्तो तालिम गराउन थालेको हो । 
प्रत्यक विद्यालयका ३६/३६ जना विद्यार्थीहरुलाई समावेश गरेर जिल्लाका तिनवटा विद्यालयका एक सय ८ जना छात्र तथा छात्रालाई सैनिकले गर्ने सबै प्रकारका तालिमका कोर्षहरु सिकाउन थालिएको भगवती उमाविका प्रिन्शीपल कृष्णकुमार उप्रेतीले बताए । 
‘एनसीसीको छनौटमा परेका जिल्लाका तिन विद्यालय छात्र तथा छात्राहरुलाई एनसीसीका प्रशिक्षकहरु मिनकुमार श्रेष्ठ र मेघराज बस्नेतले विद्यालय हाता भित्रै बाल सैनिक तालिम गराउन थालिएको छ,’ उनले भने ।
जिल्लाको भगवती उमाविमा बालसैनिक तालिम गर्दै विद्यार्थीहरु ।
नेपाली सेनाको डे«समा विद्यालय भित्रै हरेक दिन छात्रछात्रालाई परेड खेलाउने गरीएको छ । उनिहरुलाई एक सय दिनको कोर्ष गराउने एनसीसीका सिनियर प्रशिक्षक मिनकुमार श्रेष्ठले बताए । ‘विद्यालयमा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको बार्षीक क्याम्प सञ्चालन गरिन्छ,’ श्रेष्ठले भने, ‘अहिले भने, जिल्लाको तिन विद्यालयका एक सय ८ जना विद्यार्थीलाई संस्थागत तहको ७९ दिनको कोर्ष गराइन्दै आएको छ ।’
प्राय विद्यालयमै संस्थागत र २१ दिनको वार्षिक क्याम्प भने मोरङको याङसिला, नवलपरासीको हात्तिखोला र बाँकेको कोहलपुरामा गराउने गरिएको छ । तालिममा जिल्लाका तिनवटै विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत छात्र तथा छात्राहरु सहभागि छन् । उनिहरुलाई जुनियरलेभलको कोर्षा गराइन्छ ।  ‘उनिहरुलाई नेपाली सेनाले गर्ने शैनिक अध्यासका प्रायः सबै कोर्षहरु गराउँने गरिन्छ,’ उनले थपे ।
एनसीसीले देशमा युव विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी युवा जनशक्तिलाई अनुशासित, तालिम प्राप्त, अभिप्रेरीत बनाई राष्ट्रिय एकता र वफादारीताको भावनामा बाँधि चौतर्फी ब्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्ष्यले विद्यार्थीहरुलाई सैनिक तालिम गारइएको श्रेष्ठको भनाई छ ।
प्रायः विद्यार्थीहरुलाई अनुसाशन, विपत्त व्यवस्थापनका साथै प्रासंगिक र सान्दर्भीक तालिम दिने गरीएको छ । एनसीसीले सिनियर र जुनियर गरी दुई वटा क्याम्प सञ्चालन गर्ने गरेको छ । उक्त क्याम्पमा सहभागि हुने विद्यार्थीहरुको छनौट प्रकृया समेत नेपाली सेनाकै भर्ना प्रक्रियाका आधारमा गरिन्छ । यसरी छनौट भएकाहरुलाई शारिरिक तालिम, सैनिक ज्ञान, विपद् व्यवस्थापन, हतियार तालिम तथा फायरिङ, साहसीक गेम लगायतका तालिमहरु प्रदान गरिन्छ । 
युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठा र निष्ठावान बनाई उनिहरुको नेतृत्व विकास गरी दक्ष नागरीक बनाउने उद्देश्यले प्रधानमन्त्री अध्यक्ष रहने गरी एनसीसीको २०२२ सालमा स्थापना गरिएको थियो । स्थापना कालदेखिनै युवाहरुमा राष्ट्रियता, अनुशासन, एकताको भावना, आत्मभरोसा, नेतृत्व क्षमताका लागि बालबालिकाहरुलाई बाल सैनिक तालिम दिँदै आएको छ । स्थापना कालको पहिलो ८ वर्षमा ९ वटा सिनियर डिभिजन ब्याचलाइृ दिक्षित गरिएको थियो भने सन् १९७४ मा तत्कालिन शैक्षिक नीतिका कारण सिनियर डिभिजनलाई बन्दगरी जुनियर डिभिजनलाईमात्र सञ्चालन गरिँदै आएको थियो । तर, सन् २०१४ बाट पुनः सिनियर डिभिजन सञ्चालन गरी हालसम्म ४२ वटा जुनियर र ११ वटा सिनियर डिभिजनमागरी २० हजार ९ सय ३८ जना छात्रछात्रा दिक्षित भइसकेका छन् ।
यसरी तालिम प्राप्त विद्यार्थीहरुलाई सेनाकै दज्र्यानी प्रदान गर्ने र उनिहरुलाई युवा आदनप्रदान कार्यक्रम अन्तरगत भारत, श्रीलंका, बंगलादेश लगायतका देशमा सहभागि गराउने बताइएको छ । 
पढाईका अतिरिक्त सैनिक तालिम लिन पाएकोमा विद्यार्थीहरु समेत खुसी भएका छन् । उनिहरुलाई एनसीसीले हरेक दिन दुध, जेरी लगायतका डाइटिङ्ग समेत वितरण गर्ने गरेको छ ।



, ,

0 comments

Write Down Your Responses