एकजुट बने माओवादी शिक्षकहरु

सिन्धुली, १ असोज । माओवादी धाराका शक्तिहरुको विभाजन सँगै छुट्टीएका शिक्षकहरु पार्टीहरु बीचको एकतासँगै पुन एकजुट भएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बीच सनिबार सिन्धुलीमाढीमा एकता भेला सम्पनन् भएको छ ।
अध्यक्ष नबराज थिङ्गको अध्यक्षतामा भएको भेलालाई नेकपा(माओवादी) केन्द्रका पोलिटव्यूरो सदस्य विषमलाल अधिकारी दनुवार, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष घ्याम्सो लामा, महासचिब संकर अधिकारी, नेकपा(माओवादी केन्द्र)का केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरु बुद्धिमान माझी, गणेश वुढाथोकी, राजन दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

एकता भेलाले नबराज थिङ्गको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको जनाइएको छ । जस्मा बरिष्ठ उपाध्यक्ष बिजय थिङ्ग, उपाध्यक्ष विष्णु फुयाल, सन्तोष कुमार श्रेष्ठ, लिला ढकाल, रत्न बहादुर आले, काजीमान बज्यू, पदमसंकर सुनुवार रहेका छन । त्यस्तै सचिबमा अमृतसिंह घिसिङ्ग, सह सचिबमा कमल बस्नेत, चिनध्वज बम्जन, कोषाध्यक्षमा संकर प्रसाद उप्रेती र सहकोषाध्यक्षमा सन्तोष थापा चयन भएका छन ।
एकता भेलासँगै राष्ट्रिय स्वाधिनता र संविधानका उपलब्धी कार्यान्वयनका लागी ट्रेड यूनियन अधिकार, शैक्षिक विकास र संघीय शिक्षा नितीको लागी विजयी अभियान सफल पारौं भन्ने मुल नाराका साथ शिक्षक एकता रुपान्तरण र विजयी अभियान समेत उदघाटन गरिएको उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
अभियान अन्र्तगत श्रोत केन्द्र स्तरमा एकता भेला सम्पनन् गर्नुका साथै पेशागत अधिकार र संघीय शिक्षा नितीको बारेमा स्थानीय तहमा व्यापक बहसको श्रृजना गरीने बताइएको छ ।
0 comments
Write Down Your Responses