Powered by Blogger.
सरकार अन्तराष्ट्रिय सम्बन्ध सुदृढ गर्न लागेको छः थापा


सिन्धुली, २७ भदौं । नेकपा(माओवादी केन्द्र)का बरिष्ठ नेता राम बहादुर थापा बादलले सरकार अन्तराष्ट्रिय सम्बन्ध सुदृढ पार्न लागी परेको बताएका छन । 
सोमबार माओवादी केन्द्र सिन्धुलीको एकता भेलामा भाग लिन सिन्धुलीमाढी आइपुगेका थापाले प्रेश सेन्टर सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । 
थापाले भने, ‘ प्रधानमन्त्रीको भारत भ्रमण अन्तराष्ट्रिय सम्बन्ध सुधारकै लागी हो, त्यो सँगै भारतीय राष्ट्रपति र चिनीया राष्ट्रपति पनि नेपाल आउने कार्यक्रम तय हुनेछ ।’ अन्तराष्ट्रिय समुदायसँगको सम्बन्ध बलियो बनाउन सरकार गम्भीर भएर लागेको उनको भनाई थियो । 
थापाले भारत भ्रमण पछि संविधान संशोधन गरेर मधेसवादी दलहरुको मागहरुलाई सम्बोधन गरिने समेत बताए । थापाले संविधान संशोधनका लागी दुई तिहाइ बहुमत आवश्यक रहेकाले त्यो सहमति जुट्न नसकेर प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै संशोधन गर्न नसकिएको बताए । 
उनले माओवादी केन्द्रले सरकारको मोर्चा मार्फत शान्ति, पुर्ननिर्माण र विकासको कामलाई अगाडि बढाइरहेको समेत बताए । पुर्ननिर्माण प्राधिकरण मार्फत द्रुतगतिमा भुकम्प पिडितहरुलाई राहत दिने काम सरकारले अगाडि बढाएको बताउँदै सुकुम्बासीहरुलाई कार्ययोजना बनाएर जग्गा वितरण गरीने बताए । 


,

0 comments

Write Down Your Responses