Powered by Blogger.
कमलामाई नगरमा सोलार बत्ति जडान


राजन गाउँले
सिन्धुली २, असोज । कमलामाई नगरपालिका सिन्धुलीले सदरमुकाम क्षेत्रमा सोलार बत्ती जडान गरेको छ । लामो समयदेखी सडक बत्तीको विल भुक्तानी गर्न नसकेको नगरले सदरमुकाम क्षेत्रभित्रका सडकमा उपभोक्ताकै सहभागितामा सोलार बत्ती जडान गरेको हो । 
  स्थानीय उपभोक्ताको २० प्रतिसत लागत सहभागिता सहित १६ लाख ७४ हजार मुल्य बराबरको लागतमा  १८ स्थानमा सोलार बत्ति जडान गरीएको नगरपालिकाले जनाएको हो । 
कार्यालयको कार्यकारी अधिकृत जगतप्रसाद भुषालका अनुसार नगरपालिका कार्यालय परिसर, स्टलबजार, एक नम्बर बजार र दुई नम्बर बजारमा गरी १८ वटा स्थानमा सोलार प्यानल सहित वत्ती जडान गरिएको छ । ‘नगरपालिकाको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तरगतको परियोजना अनुसार नगर क्षेत्रमा सोलार बत्ती जडान गरिएको हो,’ उनले भने ।
स्थानीय उपभोक्ता तथा टोल सुधार समितिको २० प्रतिसत र नगरको कार्यक्रम अन्तरगतको ८० प्रतिसत लागतमा बजारको मुख्य मुख्य स्थानमा सोलार बत्ती जडान गरिएको भुषालको भनाई छ ।
कार्यालयले नगरका सबै स्थानमा सोलार बत्ती जडान गर्ने लक्ष्य लिएको भएपनि पहिलो चरणमा १८ वटा जडान गरेको जनाएको छ । क्रमस नगरका सबै स्थानमा सोलार जडान पछि राष्ट्रिय प्रशारण लाईनको विद्युत वत्तीलाई विस्थापीत गर्दै नगरको खर्च कटौली गर्ने लक्ष्य लिएका छौं,’ भुषालले भने ।
हाल राष्ट्रिय प्रशारण लाईनबाट नगर क्षेत्रभित्र सडक वत्ती बाल्दा वर्षीक लाखौं रुपैयाँ खर्च हुने गरेको छ । चालु आव सम्ममा मात्र नगरपालिकाले सडक वत्तिको मात्र झण्डै तिनकरोड रुपैयाँ बढी प्राधिकरणलाई विल भुक्तानी गर्न बाँकी छ । तर, एक पटक लगानी गरेर उपभोक्ताकै सहभागितामा सोलार जडान गर्न सके त्यसपछि नियमित प्राधिकरणलाई बुझाउनु पर्ने खर्चभार कम हुने विश्वास गरीएको छ । 
नगरका सबै क्षेत्रमा सोलार जडान पछि विद्युतका वत्तिलाई भने विस्थापीत गरीने योजना छ । नगरपालिकाले सडकमा सोलार बत्तिको व्यवस्थापन गरेपछि सर्वसाधरण भने खुसी भएका छन् । रातको समयमा उज्यालो नहुँदा चोरी हुँने देखी हिडडुल गर्न समेत समस्या हुने गरेकोमा सोलार वत्तीको उज्यालोले सहज भएको बताइएको छ । 


0 comments

Write Down Your Responses