Powered by Blogger.
तरुण दल सिन्धुली सभापतिमा कुँवर विजयी



सिन्धुली १८, भाद्र । नेपाली कांगे्रसको भातृ संस्था नेपाल तरुणदल सिन्धुलीको तेस्रो जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनबाट बिजय कुँवर सभापतिमा दुई तिहाइ मतका साथ विजयी भएका छन । 
जिल्ला सभापति पदमा तिन जनाको प्रतिस्पर्धा भएको थियो । कुल २९३ मत खसेकोमा कुवरले १८६ मत प्राप्त गरेर सभापतिमा विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी सुरज मिश्र(शेखर)ले ८६ मत  र अर्का प्रतिद्धन्द्र्धी प्रकाश कार्कीले १७ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा १२३ मतका साथ उत्तरकुमार वाईवा विजयी भएका छन् । उनका प्रतिस्पर्धी द्धय मुकुन्द प्रसाल काफ्ले र सान्तिमान कटुवालले क्रमश ७८ र ७७ मत प्राप्त गरेका थिए । 
त्यसैगरी रामचन्द्र आचार्यलाई ७५ मतले पछि पादै १७८ मतका साथ विष्णु कार्की(विग्रह)  सचिवमा विजयी भएका छन आचार्यले १०३ मत प्राप्त गरेका थिए भने कोषाध्यक्ष पवन कुमार वस्नेत सर्वसम्मत चयन भएका छन् । 
आगामी हुने केन्द्रिय महाधिवेशनका लागी महाधिवेशन प्रतिनिधी खुला तर्फ कमल पोखरेल र लक्ष्मी दाहाल सर्वसम्मत, महिला तर्फ इन्दिरा वाईवा र इन्दिरा निरौला सर्वसम्मत चयन भएका छन् । 
जनजाति तर्फ १९९ मतका साथ विदुर वाइवा महाधिवेशन प्रतिनिधीका निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्द्धी भिम वहादुर थिङ्गले ७६ मत प्राप्त गरेका थिए । दलित तर्फ महाधिवेशन प्रतिनिधीका १४५ मत प्राप्त गदै खड्ग नेपाली निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्द्धी पे्रम वहादुर नेपालीले १२८ मत प्राप्त गरेरका थिए । 
अल्पसख्यक तथा शहीद परीवार तर्फ  सुदर्शन भट्टराई १६८ मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्धन्द्धी रोशन नायकले १०९ मतप्राप्त गरेका थिए । 
विजयी भए पश्चात कुवरले पार्टीमा हुदै आएको गुटगत राजनितिलाई अन्त्य गदै सिङ्गो पार्टीलाई वलियो वनाउन सम्पुर्ण तरुणहरुलाई एक ढिक्का वनाएर अगाडी वढ्ने वताएका छन । 
गाउ देखी जिल्ला सम्म कुशल र जुजारु तरुण नेतृत्व निर्वाचित भएको बताउँदै कुवरले अव हुने तिनैवटा निर्वाचनमा पार्टीलाई विजयी गराउन गाउँगाउँमा संगठन विस्तार लगायत विभिन्न संगठनात्मक कार्यमा लाग्ने वताए । 

  


, ,

0 comments

Write Down Your Responses